आँखा अस्पतालमा गणेश मन्दिर स्थापना

अन‌ि यो पनि

चितवन ११ बैशाख । भरतपुर आँखा अस्पतालमा गणेशको मन्दिर स्थापना गरिएको छ। नारायणगढ निवासी किरणलाल प्रधानका दाजुभाइ तथा दिदी बहिनीको परिवारले बुबा ८० वर्षीय भीमलाल प्रधान र आमा ७३ वर्षीय राममति प्रधानको इच्छाअनुसार अस्पतालमा मन्दिर निर्माण गरिदिएका हुन्। छोरा बुहारीहरु र सुनिता प्रधान, सुरेशलाल र सरिना प्रधान,  छोरीहरु शान्ति प्रधान र सनिता प्रधानले बुबा–आमाको चाहनाअनुसार मन्दिर निर्माण गरिदिएका हुन्।

भक्तपुरे कालीगढमार्फत मौलिक ढाँचामा मन्दिर निर्माण गरिएको किरणलाल प्रधानले बताए। ‘बुबा आमाको चाहनाअनुसार हाम्रो परिवारले मन्दिर निर्माण गरिदिएका हौँ,’ छोरा किरणलाल प्रधानले भने। शनिबार मन्दिरमा राखिने गणेश भगवानको मूर्ति पूजा तथा प्राण प्रतिष्ठा गरी अस्पताललाई हस्तान्तरण गरिएको उनले बताए। अस्पतालका अध्यक्ष कृष्णराज धरेल र आँखा रोग विशेषज्ञ डा रघुनन्दन व्यञ्जुलाई उक्त मन्दिर हस्तान्तरण गरिएको हो। अस्पताल जस्तो संवेदनशील क्षेत्रमा मन्दिर निर्माण गरेर पवित्र काम गरेको अस्पतालका अध्यक्ष धरेलले बताए।

अस्पतालमा हालसम्म कुनै पनि मन्दिर बनेको थिएन। अस्पताल आउने आँखाका बिरामीलाई दर्शन गर्न सहज होस् भनेर बनाइएको मन्दिरको शनिबारदेखि सबै जिम्मेवारी अस्पताललाई आइसकेको हुँदा त्यसको संरक्षणमा अस्पतालले विशेष ध्यान दिने उनले बताए।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया