भरतपुर । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडक आयोजनाको झण्डै २७ करोड रुपैयाँ फ्रिज भएको छ । कार्यालयका निमित्त प्रमुख मुक्ति न्यौपानेका अनुसार गत वैशाख महिनामा यस आयोजनाका लागि भनेर कुल ९७ करोड २२ लाख ८५ हजार रुपैया विनियोजन भएको थियो ।
कुल बजेटमध्ये गत आवमा यस आयोजनाले जम्मा ३८ लाख ५२ हजार रुपैयाँमात्र खर्च गरेको छ । विनियोजितमध्ये ७० करोड नेपाल सरकारले अन्य आयोजनामा खर्च गरेको आफूहरुलाई जानकारी आएको निमित्त प्रमुख न्यौपानेले बताउनुभयो ।
यस आयोजनाका अघिल्लो महिनामात्र मुग्लिनमा कार्यालय स्थापना गरिएको थियो । कार्यालय स्थापनासँगै सडक आसपासका घरटहराको मुआब्जामा केही रकम खर्च भएको हुनसक्ने उहाँले बताउनुभयो । नेपाल सरकारले नारायणढ मुग्लिन सडक खण्डलाई थप फराकिलो बनाउने गरी धमाधम काम भइरहेको छ ।
यस आयोजनाको फ्रिज रकम नगन्ने हो भने चितवनको पुँजीगत खर्च ८६ प्रतिशत रहने र जुन अघिल्लो आवको तुलनामा १६ प्रतिशत बढी हुन आउने न्यौपानले बताउनुभयो ।
Discussion about this post