मकवानपुरका सङ्क्रमितको चितवनमा मृत्यु

अन‌ि यो पनि

चितवन, १० वैशाख । मकवानपुरका एक कोरोना सङ्क्रमितको उपचारका क्रममा यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–४ का ५० वर्षीय पुरुष रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जलि ढकालका अनुसार उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज दिउँसो १२ः४५ बजे मृत्यु भएको हो । छाती र फोक्सोसम्बन्धि समस्या भएका उनमा यही वैशाख ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ६ गते भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएका उनको मृत्यु भएको हो । रासस

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया