ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘ध्रुवीकरण देखिए संविधान नबन्ने खतरा’

by चितवन पोष्ट
२०७१ श्रावण ८, बिहीबार ०३:३२ गते
in राजनीति, समाचार
0
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले वर्तमान अवस्थामा राजनीतिक ध्रुवीकरण देखिए फेरि संविधान नबन्ने खतरा उत्पन्न हुने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३६ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले चितवन र पुष्पलाल स्मृति प्रतिष्ठानले भरतपुरमा बुधबार आयोजना गरेको ‘पुष्पलाल र परिवर्तित नेपाली समाज’ विषयक गोष्ठीमा बोल्दै सचिव ज्ञवालीले माघ ८ मा संविधान जारी गर्न सबै मिल्नुको विकल्प नभएको बताउनुभयो ।
कम्युनिष्ट पार्टीहरु जनताबाट टाढिँदै गएको भन्दै उहाँले सिद्धान्त, संघर्ष, सृजना र संगठनबाट पार्टी र जनताबीचको दूरी कम गनुपर्नेमा उहाँले जोड दिनुभयो । विगतमा निषेधको नीतिका कारण संविधान नबनेको भन्दै ज्ञवालीले अहिले पनि यही अवस्था आए संविधान नबन्ने ठोकुवा गर्नुभयो ।
नेता ज्ञवालीले कांग्रेस र एमाले, पुराना माओवादीबीचको छुट्टाछुट्टै ध्रुवीकरण भए फेरि पुरानो इतिहास दोहोरिन सक्ने चेतावनी दिनुभयो । उहा“ले यसका लागि सबै दल सजग रहनुपर्ने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा पुष्पलालको योगदान सान्दर्भिक रहेको भन्दै पुष्पलाललाई जनआन्दोलनको सहयात्री सम्झिएर संविधान निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यÔ रामप्रसाद श्रेष्ठको अध्यÔतामा भएको कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, पूर्व केन्द्रीय सदस्य देवी ज्ञवाली, जिल्ला अध्यÔ जेएन थपलिया, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य शैलेन्द्र पिया, नेपाली कांग्रेसका प्रतिनिधि, सुनिल श्रेष्ठ, नेकपा माओवादीका प्रतिनिधि धननाथ सापकोटालगायतले बोल्नुभएको थियो ।
यसैबीच ३६औं पुष्पलाल स्मृति दिवसको अवसर पारी मंगलबार पनि चितवनमा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
भरतपुर–११ वडा कमिटीको आयोजनामा “क.पुष्पलाल र परिवर्तित नेपाली समाज” विषयक गणेस्थानमा विचार गोष्ठी सम्पन्न भएको छ । एमाले वडा कमिटीका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता एवम् पार्टीका जिल्ला सचिव तेजेन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य एवम् नगर सहइन्चार्ज भक्तिप्रसाद गौतम, जिल्ला सल्लाहकार सदस्य कमल मल्ल, रामप्रकाश अधिकारी, रुकमागत पाण्डे, अर्जुन लामिछानेलगायतले बोल्नुभएको थियो ।
त्यस्तै भनपा १, २ र ३ को संयुक्त आयोजनामा १ नम्वर वडा कमिटी अध्यक्ष जंगबहादुर भण्डारीको सभापतित्व एवम् पुष्पलाल स्मृति प्रतिष्ठानका जिल्ला अध्यक्ष एवम् पार्टी सल्लाहकार सदस्य रामप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको विचार गोष्ठीमा एमाले जिल्ला सचिवालय सदस्य तथा नगर इन्चार्ज केशवप्रसाद रेग्मी, क्षेत्रीय अध्यक्ष पूर्णबहादुर श्रेष्ठलगायतले मन्तव्य राख्नुभयो ।
त्यस्तै भनपा ५ मा वडा कमिटीका अध्यक्ष खुमनाथ गिरीको सभापतित्वमा भएको कार्यक्रममा एमाले पूर्व केन्द्रीय सदस्य देवी ज्ञवाली, जिल्ला सचिवालय सदस्य केशवप्रसाद रेग्मी, होमनाथ पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

संसद् विघटनविरूद्ध कांग्रेसको विरोध सभा : ‘संविधान भत्काएर चुनावमा जान सकिँदैन’

चितवनमा सातै पालिकामा कांग्रेसको विरोध सभा हुँदै

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

Discussion about this post

अन‌ि यो पनि

बालसमयका विविध अनुभूति (ती दिनहरु)
साहित्य

बालसमयका विविध अनुभूति (ती दिनहरु)

हाम्रो गाउँको उत्तरतर्फ नारायणी नदीको किनारछेवैमा सिमरा नामको रमाइलो गाउँ थियो । त्यहाँ लगभग नै थारु सम्प्रदायको बसोबास थियो ।...

Read more
मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

Chitwan Post

नारायणगढ लेडिज जेसीजद्वारा न्यानो कपडा वितरण

Chitwan Post

प्रेसिडेन्सीमा उद्यमशीलता कार्यशाला

Chitwan Post

देवचुलीमा चालू आर्थिक वर्षमा ३९ मुद्दा दर्ता

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In