भरतपुर । माडीका स्थानीयले खहरेखोलाहरुको दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छन् ।
बाढीबाट पीडित समुदायको अवस्था बुझ्न बुधबार माडी पुगेको नेपाली काँग्रेसको टोलीसमक्ष माडीवासीले यस्तो आग्रह गरेका हुन् ।
वर्षात्को समयमा बाढीका कारण हरेक वर्ष ठूलो धनजनको क्षति हुने गरेको भन्दै माडीवासीले खहरेखोलाको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नका लागि पहल गर्न आग्रह गरेका हुन् । माडीको गर्दी, बघौडा र कल्याणपुर गाविसका जनताले अनुगमनमा गएको टोलीसँग आश्वासन नभएर कामको खाँचो रहेकोसमेत बताएका छन् ।
अनुगमनपछि आयोजित अन्तत्र्रिmया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । सभासद् रामकृष्ण घिमिरे, नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, जिल्ला सचिव जितनारायण श्रेष्ठ, क्षेत्रीय सभापति मायाराम चौधरीलगातको टोलीले गर्दीको इमिलीया, पिपरिया, बघौडाको रामराज्यपुरीलगायतका क्षेत्रको अवलोकन निरीक्षण गरेको हो ।
अवलोकन निरीक्षणपछि सभासद् रामकृष्ण घिमिरेले यस क्षेत्रको समस्या समाधानका लागि आफूले सदनमा र सरकारसम्म कुरा पु¥याउने बताउँदै दीर्घकालीन समस्या समाधानका लागि कार्यक्रमहरु सञ्चालन गर्न सहयोग गर्ने आश्वासन दिनुभयो । सो अवसरमा नेपाली काग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरुङले दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्रीसँग आग्रह गर्ने बताउनुभयो ।
Discussion about this post