माडी पुर्‍याइयो राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति

अन‌ि यो पनि

माडी । चितवनको माडी नगरपालिकाको अयोध्याधाममा भव्य समारोहबीच राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ ।

अयोध्याधाम व्यवस्थापन समितिले रामनवमीको अवसर पारेर बुधबार आयोजना गरेको कार्यक्रममा धार्मिक गुरूहरु, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा त्यहाँ निर्माण गरिएको मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको हो । त्रेतायुगमा यसै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोराका रुपमा रामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी हस्तान्तरण गरेका मूर्तिहरु अयोध्याधाम पु¥याई त्यहाँ निर्माण गरिएको मन्दिरमा प्रतिस्थापन गरिएको हो । सो अवसरमा प्रदेश नं ३ का प्रमुख विष्णु प्रसाईं, प्रदेश नं २ का प्रमुख राजेश अहिराज, पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थिति थियो ।

बाजागाजा र भजनकीर्तनसहित मूर्ति प्रतिस्थापन गरिएको थियो । सो अवसरमा पण्डित सुदर्शन सुवेदीले विशेष पूजा गराएका थिए । क्रेनको सहयोगमा स्वयंसेवक र सुरक्षाकर्मीहरुले सो पूर्णकदका मूर्तिहरु स्थापित गरेका थिए । अहिले राखिएका मूर्तिहरु पछि राममन्दिर बनेपश्चात् त्यहाँ राखिने योजना रहेको छ ।

यसअघि मूर्तिसहितको शोभायात्रालाई माडीका स्थानीयले सडकका ठाउँठाउँमा स्वागतद्वार र घडा सजाएर स्वागत गरेका थिए भने विभिन्न चोकचोकमा भजनकीर्तन गरेका थिए । माडी नगरपालिका वडा नं–१, गोद्धकधामअन्तर्गतको त्रेता र द्वापर युगीन धार्मिक सम्पदाका रुपमा चर्चित रहेका गोद्धक क्षेत्रस्थित परशुराम कुण्डबाट पञ्च कुमारीमार्फत ल्याइएको पवित्र जलले राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरुलाई जलाभिषेक गरिएको थियो ।

कार्यक्रममा मन्त्री ढकालले धार्मिक पर्यटनका लागि यो कार्य मह¤वपूर्ण साबित हुने बताए । उनले राम नेपालकै पुत्र भएको बताउँदै भने, ‘धर्मशास्त्रमा पवित्र तीर्थस्थल देवघाटमा रामले स्नान गरेको उल्लेख छ ।’ राजनीतिक आग्रह र पूर्वाग्रहले नभई धर्मशास्त्रमा तथ्यले पुष्टि गरेका कारण राम माडीको अयोध्यापुरीमा नै जन्मिएको उनको दाबी थियो ।

सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले माडीलाई मणि बनाउन केन्द्र र प्रदेश सरकार लागिपरेको बताए । उनले यस क्षेत्रको विकासका लागि कोही बाधक बन्न नहुने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले माडीलाई मणि बनाउन गरेको उद्घोष अहिले सिद्ध भएको र अबबाट माडीको छुट्टै पहिचान बनेको जिकिर गरे । यस्तै, उनले अयोध्याधामलाई थप विकास गर्दै लगिने तर यसको संरक्षण र प्रवद्र्धनमा माडीवासीको विशेष भूमिका हुने बताए ।

‘पर्यटन प्रवद्र्धनमा यो कार्यले मह¤वपूर्ण भूमिका खेल्नेछ’, उनले भने । अयोध्याधाम व्यवस्थापन समितिका संयोजक तीर्थ भूषालको अध्यक्षतामा भएको कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, अयोध्याधाम अनुसन्धानकर्ता लोकमणि पौडेल, माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महतोलगायतले बोलेका थिए ।

मंगलबार साँझ देवघाट आइपुगेको सो शोभायात्रा बुधबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ढकाल, गलेश्वर आश्रमका पिठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीहरु सहितको उपस्थितिमा स्वस्ति वाचनसहित बिदाइ गरिएको थियो ।

बुधबार बिहान देवघाट संगमस्थलको पवित्र जलले जलाभिषेकसँगै मूर्तिहरुलाई देवघाटबाट बिदाइ गरिएको हो ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया