नारायणगढ । नारायणगढमा रहेको राष्ट्रिय वाणिज्य बंैकको शाखाले गएको आर्थिक वर्षमा सात करोड ५० लाख रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७०÷७१ मा बैंकले गरेको लगानीबाट सो प्रतिफल निकालेको हो । बैंकका शाखा प्रबन्धक ऋषिराम ढकालका अनुसार गत आर्थिक वर्षमा बैंकले ४० करोड रुपैयाँ लगानी गरेको थियो ।
कृषि तथा व्यावसायिक कर्जालाई आफ्नो मुख्य लगानीको केन्द्र बनाएको यस बैंकले विशेषतः माछा, बाख्रा, कुखुरापालन, तरकारीखेती तथा भेटेरिनरीमा पनि लगानी गरेको छ । ‘हरेक कृषि व्यवसायलाई व्यावसायिकता दिन बैंकले जोड दिएको छ’, शाखा प्रबन्धक ढकालले भने, ‘कृषिको विकासले नै समग्र आर्थिक विकासमा जोड दिन्छ भन्ने विश्वास हामीमा छ ।’
वाणिज्य बैंकको बढ्दो राष्ट्रिय सञ्जाल, ठूलो कर्जा कारोबारमा समेत एबीबीएस सुविधलाले पनि ग्राहकको मन तान्न सफल भएको बैंकले दावी गरेको छ ।
Discussion about this post