दुई प्रहरी चौकी उद्घाटन

अन‌ि यो पनि

चितवन । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले माडी नगरपालिकास्थित दुई वटा प्रहरी चौकीको आज उद्घाटन गरेका छन् ।

उद्घाटन हुने प्रहरी चौकीमा माडी नगरपालिका–६ कल्याणपुर र वडा–९ सोमेश्वर रहेका छन् । थुनुवा कक्षसहितको प्रहरी कार्यालय तथा ब्यारेक निर्माणका लागि विसं २०७६ असार १ गते बिरुवा÷के एण्ड जे जेभि सिन्धुपाल्चोकले ठेक्का सकार गरेको थियो । एउटा चौकीको कार्यालय भवन निर्माणका लागि वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको रु एक करोड ६३ लाख ६१ हजार ९३४ आर्थिक सहयोग गरेको बताइएको छ ।

कल्याणपुरमा १ कठ्ठा १६ धुर जग्गामा तीन तले भवन निर्माण गरिएको छ भने सोमेश्वरमा पाँच कठ्ठा जग्गामा कार्यालय भवन निर्माण भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

सो अवसरमा प्रहरी नायब महानिरीक्षक लामाले अहिलेको प्रहरी समाजप्रति उत्तरदायी हुनुपर्ने बताए । जनतालाई सुरक्षामा अनुभूति दिलाउँदै अपराधरहित समाजको निर्माणमा प्रहरी लाग्नुपर्ने उनको भनाइ थियो । रासस

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया