भरतपुर । नारायणगढ लेडी जेसिज तथा घरेलु साना उद्योग कार्यालय भरतपुरको संयुक्त आयोजनामा दिइएको इम्बोइडरी (हाते कार्ड) तालिमको बुधबार समापन भएको छ ।
नारायणगढ लेडी जेसिजकी शाखा अध्यक्ष गीता श्रेष्ठको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रमुख अतिथि घरेलु तथा साना उद्योगका नि कार्यालय प्रमुख शरदचन्द्र शर्मा रहनुभएको थियो । कार्यक्रममा उद्योगका प्रमुख प्रशिक्षक नारायणदत्त त्रिपाठी र तालिम प्रशिक्षक सुधा कलौनीले मन्तव्य दिनुभएको थियो । कार्यक्रम रमा श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो ।
Discussion about this post