ठूला सहरका विद्यालयमा भर्चुअल पढाइ हुने

अन‌ि यो पनि

काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी ठूला सहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म ठूला शहरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेको छ । आइतबारसम्म पाँच वर्षमुनिका तीन हजार ५६५ बालबालिकामा कोरोना भाइरस सङ्क्रमण देखिएको र १० जनाको निधन भएको थियो ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रभावित १४ जिल्लाका विद्यालयमा विद्यार्थीलाई नजानका लागि आग्रह गरेको थियो ।

मन्त्रालयले मोरङ, पर्सा, बारा, काठमाडौंँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत र कैलाली कोभिड–१९ अतिप्रभावित जिल्ला तोकेको थियो । रासस

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया