काठमाडौँ । शिक्षाविद्, प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा मानवअधिकारकर्मी बलराम अर्यालको ७३ वर्षको उमेरमा निधन भएको छ । पेटको क्यान्सरबाट पीडित अर्यालको उपचारको क्रममा ओम अस्पतालमा निधन भएको थियोे । उहाँको आर्यघाटमा अन्त्येष्टि गरियो । अर्यालका चार छोरा र एक छोरी हुनुहुन्छ ।
उहाँ मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय कोषाध्यक्ष, अभिनव साहित्य समाजका संस्थापक उपाध्यक्ष तथा अपाङ्ग सङ्घ नेपाल, खगेन्द्र नवजीवन केन्द्र, भैरव अर्याल पुरस्कार गुठी, रमेश विकल साहित्य प्रतिष्ठान, सुरभी साहित्य प्रतिष्ठान, साझा सहकारीलगायतका सङ्घ संस्थामा समेत आबद्ध हुनुहुन्थ्यो । रासस
Discussion about this post