दाउन्ने बस दुर्घटना : तीन जनाको निधन

अन‌ि यो पनि

नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घटना परी घाइते भएकामध्ये २ जनाको चितवन स्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार घाइतेमध्ये इलाम घर भएका २५ वर्षीया धनु दर्लामी, मकानपुर जिल्ला बकाय गाउँपालिका घर भई हाले विनयी त्रिवेणी २ दाउन्ने गुम्बामा बस्ने ५७ ज्ञामु हिसे छमु ग्याल्मो र चितवनको भरतपुर महानगरपालिका निवासी ६६ वर्षीय हिमलाल न्यौपाने रहेका छन् । २८ जना घाइते रहेका छन् । घाइतेहरु सबैको अवस्था चिन्तामुक्त रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारीअनुसार घाइतेहरुलाई उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारार्थ लगिएको छ ।

बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस अनियन्त्रित भई दाउन्ने बजार नजिक सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया