चितवनमा कोरोना : सात हजार नाघ्यो सङ्क्रमितको संख्या

अन‌ि यो पनि

भरतपुर । चितवनमा कोरोना भाइरस सङ्क्रमितको संख्या सात हजार नाघेको छ । बुधबारको तथ्याङ्क हेर्ने हो भने कुल सङ्क्रमितको संख्या सात हजार दस पुगेको छ ।

सङ्क्रमितको दर बढेसँगै सक्रिय सङ्क्रमितको संख्या पनि उकालो लागेको छ । गत शुक्रबारसम्ममा करिब ५० को हाराहारीमा सक्रिय सङ्क्रमित रहेको चितवनमा बुधबारसम्म आइपुग्दा एक सयको नजिक पुगिसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । बुधबार सक्रिय सङ्क्रमितको संख्या ९६ पुगेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए ।

पछिल्ला केही दिनयता सङ्क्रमितको दर बढ्दै गएपछि स्वास्थ्य कार्यालय चितवनले थप सजगता अपनाउन अनुरोध गरिसकेको छ ।

पहिलेको जस्तो भयानक अवस्था नभए पनि पछिल्लो समय परीक्षण गराउनेको संख्यामै कमी आएकोले सङ्क्रमितको संख्या पनि स्वाभाविकरुपमा कम देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले बताए । ‘तर, पछिल्लो केही दिनयताको तथ्याङ्क हेर्ने हो भने अब लापर्बाही गरे फेरि पहिलेकै अवस्था नआउला भन्न सकिँदैन’, उनले भने ।

चैत २७ गते शुक्रबार जम्मा ५२ जना सक्रिय सङ्क्रमित उपचाररत थिए । त्यसयता निरन्तर उकालो लागेको छ । आइतबार त्यो संख्या बढेर ६१ पुगेको थियो भने सोमबार ६८, मंगलबार ७८ हुँदै बुधबारसम्म आइपुग्दा सक्रिय सङ्क्रमितको संख्या पनि ९६ पुगेको कार्यालयले जनाएको छ ।

बुधबारको तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितमध्ये ८० जना होम आइसोलेसनमा छन् भने बाँकी १६ जनामात्रै अस्पतालको आइसोलेसनमा छन् । बुधबारसम्म ११२ जना चितवनवासीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । कुनै समय अस्पतालको आइसोलेसन पनि खाली भइसकेको थियो । तर, पछिल्ला केही दिनयता सङ्क्रमणको दर बढ्दै गएपछि भरतपुर अस्पतालमा पुनः कोरोना सङ्क्रमितको उपचारका लागि ७५ शøया पु¥याइएको छ ।

सङ्क्रमितको दर बढ्दै गएमा जिल्लामा रहेका निजी अस्पताल तथा मेडिकल कलेजहरुमा पनि उपचार गर्न सकिने व्यवस्था मिलाइएको कार्यालय प्रमुख तिवारीले बताए । ‘तर, सङ्क्रमण लागिसकेपछि उपचारका लागि अस्पताल चाहर्नुभन्दा सङ्क्रमण हुनै नदिनु राम्रो भनेर सबैले बुझ्नुपर्छ’, उनले भने, ‘व्यक्ति स्वयंले नरोके कुनै पनि सङ्क्रामक रोगलाई नियन्त्रण गर्न सकिँदैन ।’

सङ्क्रमणको दर बढ्दै गएपछि जिल्लामा कुनै पनि औपचारिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालयले पनि निर्देशन जारी गरिसकेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...