अयोध्याधामको विकासमा जोड

अन‌ि यो पनि

माडी । बागमती प्रदेशका सांसद् विजय सुवेदीले अयोध्याधामको विकासमा विशेष जोड दिएका छन् । उनले वाल्मीकिदेखि ठोरीसम्मका धार्मिक, ऐतिहासिक र पुराता¤िवक मह¤वका स्थलहरुको स्तरन्नोति गर्दै अगाडि बढ्नुपर्ने बताए ।

अयोध्याधाम व्यवस्थापन समितिको अयोजनामा मंगलबार अयोध्याधाममा भएको छलफल कार्यक्रममा सुवेदीले प्रधानमन्त्रीको अभियानलाई गन्तव्यमा पु¥याउने कार्यमा सबैको सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रपति कार्यालयका सल्लाहकार खेमचन्द्र
ढकालले नेपाल इतिहास, पुराण, ज्ञानविज्ञानको उद्गमस्थल बनेको र त्यसमा अयोध्याधामको विशेष मह¤व रहेको बताए ।

कार्यक्रममा माडी नगरपालिकका मेयर ठाकुरप्रसाद ढकालले अयोध्याधामको निर्माणले माडीका अन्य तीर्थस्थलहरुको मह¤व बढेर जाने बताए ।

अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भूषालको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतो, अयोध्या अध्ययन अनुसन्धान र व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल, माडी नगरपालिका प्रवक्ता शिवहरि सुवेदीलगायत उपसमितिहरुले आ–आफ्नो तयारीका बारेमा जानकारी गराएका थिए ।

अयोध्याधाममा ११ वटा उपसमितिहरु मार्फत काम भइरहेको अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भूषालले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...