पुष्पलाल श्रेष्ठ, नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी एवम् आदर्श नेता हुन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकारसमेत मानिन्छन् । वि.सं. १९८१ असार १५ गते रामेछापकोे भंगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिएका पुष्पलालको २०३५ साउन ७ गते भारतको नया“दिल्लीमा निधन भएको थियो । उनी राणाविरोधी आन्दोलनको बिगुल फुक्ने महान् सहिद गंगालालका भाइसमेत हुन् । प्रवासी जीवनकालमा तत्कालीन राष्ट्रिय कांग्रेसबाट राजनीतिक यात्रा सुरू गरेका उनले करिब २ वर्È कांग्रेसको कार्यालय सचिवसमेत रहेर काम गरेका थिए । राष्ट्रिय कांग्रेसमा आएको फूटसँगै भारतीय कम्युनिस्ट पार्टीका नेताहरुको संगतले उनले कम्युनिस्ट राजनीति सुरू गरेका हुन् । उनी नेपालका प्रथम गणतन्त्रवादी नेता हुन् । नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनमा मह¤वपूर्ण योगदान पु¥याएका पुष्पलाल कम्युनिस्ट आन्दोलनका साझा सम्पत्ति र एउटा लोकप्रिय सर्वोच्च व्यक्तित्व हुन् । नेपाली समाजको पहिलो माक्र्सवादी विश्लेÈक पुष्पलालका विचार र आदर्श व्यक्तित्व नेपाली कम्युनिस्ट इतिहासले कहिल्यै पनि बिर्सन सक्दैन ।
वि.सं २००६ सालमा राणातन्त्रविरोधी आन्दोलनलाई राजावाद र बुर्जुवा सुधारवादकोे भ्रमबाट मुक्त गर्दै सामन्तवाद–साम्राज्यवादविरोधी आमूल परिवर्तनको दिशामा मुलुकलाई अघि बढाउने उद्देश्यले पुष्पलालको पहलकदमी र नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । त्यसबेला जनता र राष्ट्रको स्वार्थ र हितको प्रतिनिधित्व गर्दै तत्कालीन मुख्य शत्रु राणातन्त्रको समाप्तिका लागि पुष्पलालले ठूलो लडाइ“ लडेका थिए । कम्युनिस्ट आन्दोलनमा फूट र गुटको रोग पुरानै मानिन्छ । वि.सं २०२२ मा नेपाली कम्युनिस्ट आन्दोलन साना–साना टुक्रामा विभाजित भएको थियो । कम्युनिस्ट आन्दोलनलाई पुनः एकीकरण गर्ने क्रममा पुष्पलालले वि.सं. २०३५ साल पुस ११ गते नेकपा (माले) को गठन गरेका थिए । कम्युनिस्ट आन्दोलन पुनगर्ठनको प्रक्रियामा लैजाने पुष्पलालको योगदान अतुलनीय छ । तर विडम्बना, हालसम्म पनि नेपाली कम्युनिस्ट आन्दोलन भने विभाजनको अवस्थामै छ ।
नेपालमा निरंकुशता अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा अगाडि सार्ने पहिलो नेता पनि पुष्पलाल नै मानिन्छन् । उनले वि.सं २०२५ सालमा अगाडि सारेको संयुक्त जनआन्दोलनको अवधारणा वि.सं २०४६ मा आएर कार्यान्वयन भएको थियो । यसैको जगमा टेकेर वि.सं. ०६२÷०६३ को जनआन्दोलनमार्फत नेपालमा राजतन्त्र उन्मूलन र गणतन्त्र स्थापना भएको हो । नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीलाई त्रिनेत्रका नामले चिनिने गरिन्छ । वर्तमान परिप्रेक्ष्यमा ‘त्रिनेत्र’को सैद्धान्तिक दृष्टि, सिर्जनशीलता, दूरदर्शिता र क्रान्तिकारितालाई कायम राख्ने नेपाली कम्युनिस्ट नेताको अभाव कायमै छ । पुष्पलालले ‘माक्र्सवाद भक्तिवाद होइन, यो त व्यवहारका निम्ति बाटो देखाउने सिद्धान्त हो’ भनेका छन् । वर्तमान सन्दर्भमा कम्युनिस्ट पार्टीभित्र पुष्पलालद्वारा प्रतिपादित तीन ‘स’ अर्थात् सिद्धान्त, संगठन र संघर्षलाई आत्मसात् गर्न सकिएको पाइएको छैन । उनको सैद्धान्तिक, वैचारिक र व्यावहारिक पक्षमा एकमत कायम गरेर वामपन्थी एकताको सपना पूरा गर्न सकेमात्र स्मृति दिवस मनाउनुको सार्थकता रहने छ ।
Discussion about this post