कुष्ठरोग निवारणबारे अभिमुखीकरण

अन‌ि यो पनि

खैरहनी । खैरहनी नगरपालिकाले सोमबार कुष्ठरोग सम्पर्क परीक्षण र अग्रिम बचावटी उपचारसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । नगरभित्र रहेका कुष्ठरोगी र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिलाई औषधी खुवाई रोग निवारण गर्ने उद्देश्यका साथ स्वास्थ्य संस्था व्यवस्थापन समिति पदाधिकारी, स्वास्थ्यकर्मी र विद्यालयका प्रधानाध्यापकबीच सो कार्यक्रम गरिएको हो ।

खैरहनी नगरपालिकाभित्र विगत १० वर्षको तथ्याङ्क हेर्दा करिब दुई सय १० जना कुष्ठरोगी छन् । रोगी र उनीहरुको सम्पर्कमा रहेकाहरुलाई यसै चालू आर्थिक वर्षभित्र औषधी खुवाउने तयारी रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले बताए । कार्यक्रममा जनस्वास्थ्य अधिकृत अधिकारीले खैरहनीमा कुष्ठरोगीको अवस्था र निवारणका लागि सञ्चालन गर्न लागेको औषधी खुवाउने अभियानका बारे सहभागीहरुलाई जानकारी गराएका थिए । नयाँ सङ्क्रमण हुन नदिने, कुष्ठरोगकै कारण हुने भेदभाव शून्य पार्ने गरी अभियान सञ्चालन हुने अधिकारीले बताए ।

खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले कुष्ठरोगको कारण हुने भेदभाव अन्त्य गर्न जनप्रतिनिधिलगायत सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताइन् । कुष्ठरोग सम्पर्क परीक्षण र अग्रिम बचावटी उपचार सम्बन्धमा यसअघि नगरस्तरीय कार्यक्रम गरिएकोमा मंगलबार यहाँका महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग अभिमुखीकरण कार्यक्रम गर्न लागिएको नगरपालिकाकी नर्सिङ अधिकृत पूजा गिरीले बताइन् ।

कुष्ठरोग निवारण गर्ने लक्ष्यका साथ सो संख्याका बिरामी, बिरामीका परिवार र सम्बन्धित परिवारका नजिकका छिमेकीहरुलाई औषधी खुवाइने छ ।

त्यस्तै कुष्ठरोगको शंका लागेमा परीक्षण पनि गरिने छ । कुष्ठरोगलाई कम सर्ने छालाको सरूवा रोग मानिन्छ । एक डोज औषधी खुवाए ९९ प्रतिशत रोग निको हुने र अरुलाई सार्न सक्दैन ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया