म्याजिक भ्यान दुर्घटना : दुई जनाको मृत्यु, सात घाइते

अन‌ि यो पनि

भरतपुर । भरतपुरबाट झन्डै १५ किलोमिटर पश्चिमतर्फ रामपुर बजारनजिकै म्याजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कास्की रुपा गाउँपालिका १ बस्ने वर्ष ४५ को सूर्य खाती र भरतपुर ४ बस्ने वर्ष ५० का राजेन्द्र दमाईको मृत्यु भएको प्रहरीको भनाइ छ ।

आइतबार बिहान ९ बजे भरतपुरबाट शारदानगरतर्फ गइरहेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी अनियन्त्रित भई पल्टिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृतक दुई पुरुष अन्दाजी ४५/५० वर्षका छन् । दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन्।

घाइते हुनेमा लमजुङ दोर्दी ३ बस्ने वर्ष ३१ को विनोद गुरुङ, रसुवा कालिका २ बस्ने वर्ष १९ को प्रदीप घिमिरे, म्याजिक चालक भरतपुर १९ शारदानगर बस्ने बर्ष ३५ को रमेश थापा, भरतपुर ६ बस्ने वर्ष ४७ की शारदा परियार, भरतपुर २१ पार्वतीपुर बस्ने वर्ष ४८ की कुमारी विक, भरतपुर १९ शारदानगर बस्ने बर्ष ३२ की बबिता गुरुङ, भरतपुर १९ रामपुर बस्ने बर्ष २४ को अनुप लामा रहेका छन् ।

उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया