नेपाल पत्रकार महासंघमा विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानल विजयी

अन‌ि यो पनि

काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोखरेल नेतृत्वको संयुक्त प्यानल नै विजयी भएको हो ।

अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलकी निर्मला शर्मालाई ३०२७ मतान्तरले पराजित गरेका हुन् । पोखरेलले ६९४२ मत प्राप्त गर्दा शर्माले ३९१५ मत पाइन् । यसैगरी, वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलकै रमेश विष्टले माधव नेपाललाई पराजित गरेका छन् । विष्टले ६७४१ मत पाउँदा नेपालले ३७८१ मत प्राप्त गरेका छन् ।

यस्तै, महिला उपाध्यक्षमा पनि पोखरेल प्यानलकै बाला अधिकारी ७२२६ मतसहित निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई पराजित गरेकी हुन् । सुवेदीले ३५२८ मत प्राप्त गरेकी छन् । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोखरेल समूहका उदय जिएम निर्वाचित भए । जिएमले ६११७ मत हासिल गर्दा झाले ३५६१ मत पाए ।

महासचिवमा पनि पोखरेल प्यानलकै रोशन पुरीले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरेका छन् । पुरीले ६२४२ मत प्राप्त गर्दा बस्नेतले ३८६० मत पाए । यस्तै खुला सचिवमा पनि पोखरेल प्यानलकै गोविन्दप्रसाद चौलागाईं निर्वाचित भए । उनले शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई पराजित गरेका हुन् । चौलागाईंले ६०७१ मत पाउँदा ज्ञवालीले ३०२१ मत पाए । यसैगरी, महिला सचिवमा पनि चितवनकी सिर्जना अर्यालले शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् । अर्यालले ६५८० मत हासिल गर्दा काफ्लेले ४०८९ मत प्राप्त गरिन् ।

यस्तै, आदिवासी जनजातितर्फ सचिवमा नारायणसुन्दर किलम्बू निर्वाचित भए । उनले ६३०० मत ल्याउँदा शर्मा प्यानलका शाहीमान राईले ३२८९ मत पाए भने रामकुमार श्रेष्ठले एक हजार ११३ मत प्राप्त गरे । सचिव (मधेसी)मा दीपेन्द्र चौहानले पाँच हजार ६९६, स्वेता सिन्हाले चार हजार ४६१ र देवकुमार यादवले ६४७ मत प्राप्त गरे । सचिव दलितमा हेमकर्ण विकले पाँच हजार ९५८ मत प्राप्त गर्दा मधु शाही चार हजार ६४६ मा सीमित भए । सचिव एसोसिएटमा पवन आचार्यले पाँच हजार ७३५, रामेश्वर कार्की दुई हजार ८००, राधेश्याम दाहाल ३४९ र विनय देवकोटाले २५७ मत प्राप्त गरे ।

कोषाध्यक्षमा कलेन्द्र सेजुवालले ५६७८ मत पाउँदा कृष्ण गिरीले ३२७८, प्रकाश थापाले ६१८, माधव दुलालले एक हजार आठ मत पाए । लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेले पाँच हजार ६८८, द्वारिकाप्रसाद काफ्लेले तीन हजार १९१ र लक्ष्मण कार्कीले एक हजार ७१४ मत पाए ।

सदस्य खुलामा छविलाल तिवारीले चार हजार ९०० मत र वासुदेव शर्माले पाँच हजार ९१ मत प्राप्त गरी विजयी भए । यस्तै, माधव पौडेल पाँच हजार ९४, रमेश खतिवडा चार हजार ६५९ र शिवराज खत्रीले चार हजार ३५९ मत प्राप्त गरी खुला सदस्यमा जित निकाल्न सफल भए । सदस्य (महिला) खस–आर्यमा सरिता तिम्सिनाले चार हजार ८९१, सदस्य (महिला) मधेसीमा ललिताकुमारी साहले पाँच हजार ७८६, सदस्य ९महिला० आदिवासी जनजातिमा शान्ता आङबुहाङले पाँच हजार ५८८, सदस्य आदिवासी जनजातिमा भिसन राईले चार हजार ८६८ मत प्राप्त गर्दा आदिवासी जनजाति महिला सदस्यमा सन्चकुमारी लामा तामाङले पाँच हजार ५०२ मत प्राप्त गरी विजयी भए ।

निर्वाचन समितिले प्रकाशित गरेको विवरणअनुसार दलित सदस्यमा प्रकाश धौलाकोटीले छ हजार ८२, दलित महिला सदस्यमा राधा नेपालीले पाँच हजार ७३४, मधेशी सदस्यमा सुभाषप्रसाद साहले चार हजार ६७८, मधेशी महिला सदस्यमा रिङ्कुकुमारी मिश्रले पाँच हजार ६६३, अपाङ्गता सदस्यमा नवीन रिजालले पाँच हजार १९२ मत प्राप्त गरी विजयी भए ।

त्यस्तै अल्पसङ्ख्यक सदस्यमा इफ्तार हसनले पाँच हजार १३९, प्रदेश नं १ को सदस्यमा अमर खड्का ८५९ र दीपेन्द्र रुम्दाली राईले ५०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेश नं २ मा केसी लामिछाने २७१ र शिव पुरीले ३१९ मत प्राप्त गरी जित निकाल्दा, वाग्मती प्रदेशमा ध्रवकुमार रावलले ६२५ र सुनिल खड्काले ६२६ मत प्राप्त गरी विजयी भए । गण्डकी प्रदेशको सदस्यमा त्रिभुवन पौडेलले ६३८ र प्रदीप काफ्लेले ५५३ मत प्राप्त गरी विजयी बने ।

लुम्बिनी प्रदेशमा भवानीप्रसाद पाण्डे ७९२ र सुशील पोखरेलले ६३६ मत प्राप्त गरी विजयी भए । कर्णाली प्रदेश सदस्यमा दीपेन्द्र शर्मा ५४१ र भीमबहादुर सिंह ३३३ मत तथा सुदूरपश्चिम प्रदेश सदस्यमा उत्तरसिंह विष्ट ७७१ र भरतबहादुर शाहले ७०३ मत प्राप्त गरी विजयी भए । उपत्यका सदस्यमा सन्तराम बिंडारीले एक हजार २०८ र ज्ञानप्रसाद पौडेलले ८२७ मत प्राप्त गर्दा, प्रतिष्ठान सदस्यमा मणि दाहाल ४९१ र रामकृष्ण अधिकारीले ५८६ मत प्राप्त गर्दै विजयी भए ।

एसोसियट सदस्यमा कृति भट्टराई २७४ र विकास कार्कीले ३०१ मत प्राप्त गरी जित निकाले । यस्तै लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी पाँच हजार ५३७ र देवी सापकोटाले पाँच हजार ४४३ मत प्राप्त गरी विजयी भए ।

अधिकांश सदस्यमा लोकतान्त्रिक प्रगतिशील प्यानल विजयी भएको छ । सो प्यानलमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार सङ्घलगायतका संस्था आबद्ध थिए ।

विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले पत्रकारको साझा संस्थाका रूपमा रहेको महासङ्घको मर्यादालाई थप विस्तारित गर्ने दृढता व्यक्त गरे । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठनका अध्यक्ष महेश्वर दाहाललगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । महासङ्घको निर्वाचन यही चैत २५ गते देशभर एकैसाथ सम्पन्न भएको थियो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...