भरतपुर । प्रेस चौतारी चितवनको छैटौं जिल्ला अधिवेशन साउन ३१ गते भरतपुरमा हुने भएको छ । जिल्ला कमिटीको मंगलबार बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेशन सम्पन्न गर्न अध्यक्ष शालिग्राम नेपालको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको छ ।
त्यस्तै उपाध्यक्ष शिशिर सिंखडाको संयोजकत्वमा व्यवस्थापन उपसमिति, सचिव तीर्थ नेपालको संयोजकत्वमा संगठन सुदृढीकरण उपसमिति र कोषाध्यक्ष सुवास पण्डितको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेको छ । साथै बैठकले नयाँ सदस्यता र सदस्यता नवीकरण आगामी साउन २५ गते सम्ममा गरिसक्न सम्पूर्ण सदस्यहरुलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ । यसैगरी अधिवेशनलाई व्यवस्थित ढंगले सम्पन्न गराउन सहयोग गरिदिन चौतारीले आगह गरेको छ ।
शाखा अध्यक्ष शालिग्राम नेपालको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले चितवनका प्रचार विभाग प्रमुख अरूणपीडित भण्डारी, चौतारी नारायणी अञ्चल कमिटी अध्यक्ष तीलक रिमाल, प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीलगायतले मन्तव्य राख्नु भएको थियो ।
Discussion about this post