हुलाकी सडकलाई अवरोध नपुर्‍याउन वनमन्त्रीको निर्देशन

अन‌ि यो पनि

माडी । चितवन राष्ट्रिय निकुञ्जको अवरोधको कारण अधुरो भएको वीरगन्ज–ठोरी हुलाकी सडकको निर्माण कार्य सुचारु गराउन मागसहित वन मन्त्रालय पुगेको एक प्रतिनिधि मण्डललाई वनमन्त्री प्रेम आलेले निर्माण कार्य नरोकिने आश्वासन दिएका छन् । मन्त्री आलेले राष्ट्रिय गौरवको रुपमा रहेको सो हुलाकी सडक निर्माणमा अवरोध नपु¥याउन निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई तत्कालै फोनमार्फत निर्देशन दिएका हुन् ।

ठोरी नागरिक समाजको समन्वयमा काठमाडौँ गएको अधुरो हुलाकी सडक निर्माण संघर्ष समितिसँगको भेटपछि मन्त्री आलेले संरक्षण अधिकृत बराललाई फोन गरेर सडक निर्माण कार्य नरोक्न निर्देशन दिएका हुन् । पर्सा–४ का प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णको नेतृत्वमा गएको टोलीले वनमन्त्री आलेसँग भेटघाट गरी हुलाकी सडकको निर्माण अवरोधको समस्या राखेपछि छलफलकै क्रममा मन्त्री आलेले चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बराललाई फोन गरी हुलाकी सडकको निर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको सांसद् लक्ष्मणलाल कर्णले बताए ।

संरक्षण अधिकृत बराललाई टेलिफोन गर्दै मन्त्री आलेले ‘राष्ट्रिय गौरवको आयोजना हो, वातावरण प्रभाव मूल्याङ्कन पनि हुँदै गर्छ र काम पनि नरोकौँ । काम अगाडि नबढे बजेट नै फ्रिज हुन सक्छ, जनताको काम हुनाले त्यस्तो काममा हामीले सहयोग नै गर्नुपर्छ’ भनेको सांसद् कर्णले बताए ।

मन्त्रीसँगको टेलिफोन संवादमा संरक्षण अधिकृत बरालले फास्ट ट्रयाकबाट वातावरणीय प्रभाव मूल्याङ्कन गरेर काम अघि बढाउन सकिने बताएका थिए । तर, मन्त्री आलेले वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा ६ महिना बित्न सक्ने भन्दै दुवै काम सँगसँगै अगाडि बढाउन सकिने बताएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अणनाथ बरालले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेश नगरी काम थालेका कारण सोबारे आयोजनासँग जानकारी माग गरेको बताए । निर्माणाधीन उक्त सडकको केही भाग निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन हुनुपर्ने उनको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेश गरेको दस मिनेटमै काम सुरू गरे पनि हुन्छ भन्दै छिटोभन्दा छिटो वातावरणीय प्रभाव मूल्याङ्कन गरेर काम अघि बढाउन उनले आग्रह गरे ।

नियम र प्रक्रियाविपरीत जान नमिल्ने बताउँदै संरक्षण अधिकृत बरालले राष्ट्रिय गौरवको आयोजना रोक्न निकुञ्जले नचाहेको बताए । रुख कटानका लागि ठेकेदार कम्पनीले प्रक्रिया पूरा नगरेको उनले बताए । रुख कटानका लागि मन्त्रीस्तरीय निर्णय हुनुपर्ने उनको भनाइ छ ।
प्रतिनिधि टोलीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशकसँग पनि भेट गरेको थियो । छलफलका क्रममा विभागका निर्देशकले ठोरीमा अवरूद्ध भएको हुलाकी सडकको पुनः तत्काल भ्रमण गरी निर्माण कार्यअन्तर्गत निजी जग्गा रहेको ठाउँ भए तत्काल निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

डेलिगेसन टोलीमा संघर्ष समितिका अध्यक्ष जगेन्द्र पौडेल, लालबहादुर श्रेष्ठ, सन्तोष श्रेष्ठ, तिलकबहादुर श्रेष्ठ, अमृत सापकोटा, गणेश श्रेष्ठ, प्रकाश खनाल, गणेश बोहोरा, मानबहादुर श्रेष्ठ, खगेन्द्र श्रेष्ठ, जरी लामा, हेम चापागाईं, रामकृष्ण पन्त, पदम श्रेष्ठ, मुन्ना श्रेष्ठ, चीनबहादुर श्रेष्ठ, हेमराज बमजनलगायतको टिम रहेकोे छ । ठोरीको डेलिगेसन टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...