धादिङ जिल्लाको सबैभन्दा विकटमा रहेको प्रशासनिक निकायमा संचार सम्पर्क छैन । जिल्लाको सेर्तुङमा रहेको सेर्तुङ प्रहरी चौकी आफ्नै भवन नहुँदा भाडाको घरमा साँघुरोसँग बस्दै आइरहेको छ ।
सदरमुकाम धादिङबेसीबाट पैदलयात्रा तीन दिनमा पुग्न सकिने तिप्लिङ, झार्लाङ र लापासमेत गरी चार गाविसको शान्ति सुरक्षाको प्रबन्ध मिलाउन पर्ने भए पनि सेर्तुङ प्रहरी चौकीमा प्रहरीको आफ्नै संचार सेटसमेत राम्रोसँग टिप्दैन । गाउँमा भिस्याट फोन भए पनि प्रहरीसँग त्यो सुविधासमेत छैन । फोन र मोबाइलको समेत पहुँच पुग्न नसकेको यहाँका प्रहरी आफैँ संचार सम्पर्कविहीन अवस्थामा रहने गरेका छन् । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली यहाँ कार्यरत रहेको छ ।
तस्बिर ः केशव अधिकारी ÷धादिङ
Discussion about this post