पहिलो चरणको मेची–महाकाली अभियान सकियो

अन‌ि यो पनि

रामपुर । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन सुरू गरिएको मेची–महाकाली अभियानको पहिलो चरण सकिएको छ ।

महाकालीबाट सुरू भएको अभियान कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर हुँदै १८ दिनको दिन बिहीबार चितवन आइपुगेको छ । धुर्मस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रङ्गशालामा आर्थिक समस्या पर्दै गएपछि चैत १० देखि अभियान सुरू गरिएको थियो । अभियानमा सहभागी हुने टोलीलाई रङ्गशालामा काम गर्ने मजदुरहरुले स्वागत गरेका थिए ।

अभियानका क्रममा महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर रङ्गशालाको मैदानमा राख्ने योजनाअनुसार यहीँबाट माटो ल्याइएको र पिचमा समाहित गरिने फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए । रङ्गशाला निर्माणमा सबैजसो जिल्लाको सहभागिता, अपनत्व र योगदान रहोस् भनेर मेची–महाकाली अभियान गरेको उनको भनाइ थियो ।

प्रत्येक जिल्लामा २ दिनसम्म बसेर त्यहाँ रहेका सहयोगी, संघसंस्था, वित्तीय संस्थाहरु, सहकारी, महिला तथा आमा समूह, अन्य विभिन्न समूहहरु र स्थानीय सरकारसँग हातेमालो तथा सहकार्य गरिएको र सहयोग प्राप्त भएको भन्दै उनले हरेक जिल्लामा दुई दिन रहेर रङ्गशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिएको उनले बताए । रङ्गशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने धुर्मुसले बताए ।

यो घरदैलो अभियानमा फाउन्डेसनका अध्यक्ष धुर्मुससँगै लोकप्रिय कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सामाजिक अभियन्ताहरु निगम हुमागाईं, अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल रहेका छन् ।

केही दिनमा पूर्व मेचीबाट सञ्चालन हुने अभियानमा सबैजना जोडिन सकिने र आफूले सहयोग गर्न चाहेको रकम आफ्नै जिल्लाको कक्ष निर्माणका लागि सहयोग हुने धुर्मुसले बताए । साथै, ३० हजार दर्शक क्षमताको रङ्गशालामा रहेको ३० हजार कुर्सीमा आफ्नै नाम, पितृको नाम, आमा समूहको नाम, महिला समूहको नाम, टोल विकास संस्थाको नाम, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाको नाम, उद्योग, विद्यालय, क्याम्पसलगायत विभिन्न साथी समूहहरुको नाममा सुरक्षित गर्न सकिने पनि उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया