दूधको बजार सुरक्षाको ग्यारेन्टी गर्न माग

अन‌ि यो पनि

रत्ननगर । पशुपालक किसानहरुले आफूले उत्पादन गरेको दूधको बजार सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् । किसानले उत्पादन गरेको दूधले उचित मूल्य पाउन नसकेको भन्दै बजारीकरण र खपतको वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डले चितवनको रत्ननगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अगुवा किसानहरुले उत्पादित दूध बिक्रीको सुनिश्चितता सरकारले गर्नुपर्ने माग गरेका छन् । राष्ट्रिय दुग्ध विकास बोर्ड दूधको लागत मूल्यको पहिचान गरी अभिलेख राख्ने, बजार सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, दूधको खपत बढाउन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायतका मागहरु किसानहरुको रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले बताए । बजार सुरक्षाको ग्यारेन्टी नभएका कारण मिल्क होलिडे हुने गरेको भन्दै उनले उत्पादन गरेको दूध बिक्री नहुँदा किसानहरुमा निराशा छाएको बताए ।

बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा प्रमुख अतिथि रहेको सो कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्त र प्रदेश दुग्ध विकास बोर्डकी कार्यकारी निर्देशक सुलोचना श्रेष्ठले पशुपालन किसानको समस्या र समाधानका विषयहरु समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुले प्रस्तुत गरेको कार्यपत्रमा राष्ट्रिय दुग्ध विकास बोर्ड र प्रदेश दुग्ध विकास बोर्डको कार्यगत एकतालाई समेत जोड दिइएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटा, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटा, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पशुपालक किसान, दुग्ध सहकारीका अध्यक्ष तथा पदाधिकारीहरु, निजी डेरीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया