सुक्न थाले पानीका मुहान : सिंचाइ र पिउने पानीको अभाव बढ्दै

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पानीको मुहान सुक्दै जान थालेपछि पिउने पानी र सिंचाइमा समेत अभाव देखिन थालेको छ । पूर्वी नवलपरासीकै अग्लो पहाड देवचुली डाँडाको फेदी यहाँको पानीको मूल स्रोत हो । तर, डाँडाको हरियाली बिस्तारै रित्तिँदै गएपछि पछिल्लो २५–३० वर्षयता पानीको मुहान सुक्दै जाने क्रम बढेको छ ।

२०५२ सालसम्म पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका हरेक वडामा सिंचाइको प्रशस्त सुविधा थियो । भर्खर भर्खर जडान गरिएका गाउँघरका धारामा २४ सै घन्टा पिउने पानी उपलब्ध हुन्थ्यो । तर, बिस्तारै देवचुली नगरपालिकाको मुख्य पानीको स्रोत रहेको मुहानको डाँडा देवचुली डाँडाको हरियाली घट्न थालेपछि पानीको मुहान सुक्दै जाने थाले । यतिमात्रै नभएर यहाँ बढ्दो सहरीकरणलाई धान्न ठाउँठाउँमा लगाइएको ठूलाठूला बोरिङ, जग्गामा आएको खण्डीकरणले पनि पानीको मुहान सुक्न थालेको देवचुली नगरपालिका–७ का वडाध्यक्ष भूपराज पाठकले बताए ।

देवचुली नगरपालिकाको देउसत खोलाको पानीबाट देवचुली नगरपालिकाको प्रगतिनगर खानेपानी, धाराडी खानेपानी, देवचुली खानेपानी, रानीबेल खानेपानी, जनबस्ती खानेपानी आयोजनामा पानी ल्याइने गरिएको छ । त्यसैगरी टोक्रे नहर, कृतिपुर नहर, सिताबास नहर, देउसत नहर, गैडी नहर, जनबस्ती नहर, मृतुङ नहरबाट गरी देवचुली नगरपालिकाको ६० प्रतिशत भूमि अर्थात् १० हजार बढी बिगाहा जमिन देउसत खोलाबाटै सिंचित हुने गर्दछ ।

पछिल्लो समय पानीको ठूलो मुहान देउसत खोलाको मुहानमात्रै सुक्दै जान थालेको नभई यहाँका ससाना ४÷५ वटा पानीको मुहान सुकिसकेको स्थानीय बासिन्दाहरु बताउँछन् । पानीको मुहान सुक्दै गएपछि पिउने पानीका लागि ट्याङ्कीमा पानी लगे सिंचाइ गर्न अभाव हुने र सिंचाइ गरे पिउने पानीको अभाव हुने गरेको स्थानीय बासिन्दा वीरबहादुर गुरूङले बताए ।

देवचुली नगरपालिकाले अहिले प्रत्येकको घरघरमा शुद्ध पिउने पानी पु¥याइरहँदा देवचुली नगरपालिकाको मुख्य पानीको स्रोत मुहान नै सुक्दै जाने थालेपछि यहाँका बासिन्दालाई केही वर्षभित्रै सिंचाइका लागिमात्रै नभएर पिउने पानीको समेत अभाव हुने निश्चित छ ।

नगरपालिका एक्लैले मात्र नभएर संघीय सरकार र प्रदेश सरकारसँग समेत मिलेर पानीको मुहान संरक्षणका लागि विशेष योजना ल्याउने तयारीमा नगरपालिका रहेको देवचुली–७ का वडाध्यक्ष पाठकले बताए । देवचुली नगरपालिकाको प्रगतिनगर खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले पनि नदीको र जमिनमुनिको पानी दुवैको सतह घट्दै गएको बताउँछन् ।

उनले अघिल्लो वर्ष आफूहरुले गरेको परीक्षणका क्रममा पनि त्यो पाएको र चैत्र–वैशाखको समयमा गत १५ वर्षको तुलनामा पानीको सतह निकै घटेकोले मुहानको पानीमात्रै नभएर अन्य विकल्पको खोजी गरेर पिउने पानी उपलब्ध गराउने गरेको बताए ।
पानीको सतह घट्दै जानु र बढ्दो सहरीकरणले जनसंख्याको चाप बढ्दै जाँदा मुहानको पानीले नपुगेर जमिनमुनिको पानीको स्रोत प्रयोग गरिएको र अहिले त्यो पनि बिस्तारै घट्दै गएको उनले बताए ।

भुसालका अनुसार देवचुली नगरपालिकामा अहिले सामुदायिक वन, नगरपालिकासँग सहकार्य गरेर नाङ्गा डाँडाहरुमा वृक्षरोपण गर्ने, ठाउँठाउँमा डिल तथा पोखरीहरु बनाउने काम थालिएको छ ।
एकातिर हरिया डाँडाहरु नाङ्गै हुँदै जानु र अर्कोतिर वनमा डढेलो लाग्दा जमिनको माथिल्लो सतहको माटो पाक्न गई त्यो माटोले

आकाशबाट परेको पानी सोसेर जमिनमुनि पु¥याउन नसक्दा पनि जमिनमुनिको पानीको सतह घट्दै गएको डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले बताए ।

पानीको मुहान सुक्दै जाने समस्या देवचुली नगरपालिकामा मात्रै होइन, जताततै छ । खास गरेर बढ्दो प्रदूषणका कारण भएको जलवायु परिवर्तन र त्यसका कारण तात्दै गएको पृथ्वी नै मुख्य हो, त्यसका लागि सबै लाग्नु आवश्यक छ । विगतको १५ वर्षभन्दा एकदम कम बोरिङको मापन पानीको चाप घटेको मूल मुहानको पानीमात्रै वितरण हुन्थ्यो भने अहिले पानीको स्रोत घट्नु, जनसंख्याको चाप बढ्नुले भूमिगत र सतह दुवै घटेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया