तीन दिनमा १९ संक्रमित थपिए, एक जनाको मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवनमा पछिल्लो तीन दिनमा कोरोनाका १९ जना संक्रमित थपिएका छन् । एक जना संक्रमितको मृत्यु भएको छ ।
चैत २५ गते बुधबार ११ जना संक्रमित थपिएका थिए भने चैत २६ गते बिहिबार ४ जना र आज (शुक्रबार) ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिल्लो तीन दिनमा ७ संक्रमित निको भएर घर फर्किएका छन् ।

चितवनमा हाल ५२ जना सक्रिय संक्रमित छन् । चैत २४ गतेसम्म सक्रिय संक्रमितको संख्या ४० थियो । हाल सक्रिय संक्रमित मध्ये ४४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ८ जना संक्रमित अस्पतालको आइसोलेसनमा छन् ।

पछिल्लो तीन दिनमा थप एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् । हालसम्म मृतक संक्रमितको संख्या १११ पुगेको छ ।

चितवनमा हालसम्म ६ हजार ९६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ७९९ जना संक्रमित निको भएका छन् ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया