उवासंघ–चितवनका वस्तुगत संघको भेला

अन‌ि यो पनि

भरतपुर । उद्योग वाणिज्य संघ–चितवनले बिहीबार संघको सचिवालयमा संघमा आवद्ध वस्तुगत संघको भेला सम्पन्न गरेको छ । संघ–चितवनमा आवद्ध वस्तुगत संघहरुको व्यावसायिक समस्या, सम्भावना, चुनौती र मागका विषयमा राय संकलन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो ।

संघका उपाध्यक्ष एवम् वस्तुगत संघ समन्वय समितिका संयोजक भोजराज कौडालले व्यवसायीबाट संकलन भएका समस्या, चितवनको समग्र विकासका सम्भावना, राज्यले अंगिकार गरेका कर, राजस्व तथा व्यावसायिक नीतिमा हुनुपर्ने परिवर्तन तथा संशोधनसम्बन्धी व्यवस्थाका लागि लगत्तै नेपाल राष्ट्र बैंकमार्फत अर्थमन्त्रालयमा पठाइ आवश्यक पहल गरिने बताए ।

संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट र नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति एवम् आर्थिक नीतिमार्फत व्यावसायिक समस्या समाधान गर्नका लागि राज्यका संयन्त्रका साथै निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघबाट पनि आवश्यक पहल कदमी गरिने बताए ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, संघका द्वितीय उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतले बोलेका थिए ।
सम्पन्न भेलाबाट संकलन भएका व्यवसायीका सुझाव तथा मागहरुलाई तिन महले सुझावको रुपमा नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघमार्फत अर्थ मन्त्रालयमा पठाइने संघका कार्यकारी निर्देशक नीलबहादुर केसीले जानकारी दिए ।

संघका उपाध्यक्ष भोजराज कौडालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया