आठ महिनामा १० अर्ब बढी राजस्व संकलन

अन‌ि यो पनि

भरतपुर । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्ष ०७७÷७८ को आठ महिनामा १० अर्ब रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । राजस्व कार्यालयले आयकर र मूल्य अभिवृद्धि कर संकलनमा लक्ष्य प्राप्त गरे पनि अन्तःशुल्क कर संकलनमा भने लक्ष्य प्राप्त गर्न सकेन ।

कार्यालयले फागुन मसान्तसम्म १० अर्ब ११ करोड ३७ लाख पाँच हजार रूपैयाँ राजस्व संकलन गरेको छ । आठ महिनामा एक अर्ब ४५ करोड दुई लाख ५४ हजार रूपैयाँ आयकर, एक अर्ब ३८ करोड ५३ लाख ५९ हजार रूपैयाँ मूल्य अभिवृद्धि कर र सात अर्ब १४ करोड २२ लाख ९७ हजार रूपैयाँ संकलन भएको छ ।

आयकर संकलनमा १३ प्रतिशत र मूल्य अभिवृद्धि कर संकलनमा ४० प्रतिशत लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले बताए । अन्तःशुल्क कर संकलनमा भने लक्ष्यभन्दा २० प्रतिशतले कमी आएको उनले बताए ।

‘अन्तःशुल्कअन्तर्गत मदिराजन्य पदार्थहरु पर्छन्, कोभिडका कारण अझै पनि यससम्बन्धी व्यवसायहरु राम्रोसँग सञ्चालन हुन सकेका छैनन्’, उनले भने, ‘व्यवसायहरु राम्रोसँग नचलेको हुनाले अन्तःशुल्क उठ्न नसकेको हो ।’ अन्तःशुल्कले निर्धारित लक्ष्य भेट्न नसकेपछि समग्र कर संकलनमा ९० प्रतिशत प्रगति देखिएको छ ।

आन्तरिक राजस्व विभागले राजस्व कार्यालय चितवनका लागि चालू आर्थिक वर्षमा १८ अर्ब ९१ करोड ५८ लाख ८१ लाख रूपैयाँ राजस्व संकलन गर्न लक्ष्य निर्धारण गरिदिएको छ । राजस्व कार्यालयको एक लाख ३५ हजार १०२ जना करदाता रहेका छन् ।

व्यक्तिगत पान लिने बढे
सरकारले रोजगारी गर्ने सबैलाई आर्थिक वर्ष ०७६÷७७ देखि व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिनुपर्ने नियम बनाएपछि पान लिनेको संख्या बढेको हो । रोजगार कामदारलाई करको दायरामा ल्याउन सरकारले व्यक्तिगत पान लिनुपर्ने बाध्यकारी नियम ल्याएको थियो ।

आर्थिक वर्ष ०७५÷७६ सम्म ३४ हजार ५७२ जनाले व्यक्तिगत पान लिएकोमा त्यसयता ५४ हजार ६३० जनाले लिएका छन् । चालू आवको आठ महिनामा मात्रै १५ हजार १७३ जनाले व्यक्तिगत पान लिएको आन्तरिक राजस्व कार्यालय भरतपुरका सूचना अधिकारी कपिलराज नेपालले बताए । हालसम्म व्यक्तिगत पान लिनेको संख्या ८९ हजार २०२ जना पुगेको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया