रत्ननगरमा राष्ट्रपति रनिङशिल्ड सुरु

अन‌ि यो पनि

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा विद्यालय स्तरीय तस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता विहीवार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले खेलकुदको विकासका लागि जिल्लामा पूर्वाधार निर्माणलाई जोड दिइएको बताए ।

खेलकुल मुलुकको विकासको अभिन्न अंग रहेको भन्दै उनले खेलको माध्यमबाट देशको पहिचान र समृद्धि सम्भव रहेको बताए । मेयर नारायण वनले देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सक्ने क्षमतावान खेलाडी रत्ननगरले उत्पादन गरिरहेको भन्दै खेलाडीको सीप र क्षमताको पहिचानको लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले शिक्षा र खेलकुदको विकासको लागि लगानी गरिरहेको बताए । तीन दिन सम्म चल्ने सो प्रतियोगितामा भलिवल, भवडी ,एथलिटिक्स, कराते,हाइजम्प,लमजम्प,ज्याभलिङ खेलहरु हुने नगर खेलकुल विकास समितिका संयोजक केशब आचार्यले जानकारी दिए ।

टिकौलीचौरमा सुरु भएको सो प्रतियोगितामा नगर भित्रका ३० विद्यालयका करिब ५०० विद्यार्थी सहभागी भएका छन् । उल्लेखित खेलहरुमा सबै भन्दा बढी जित हासिल गर्ने विद्यालयलाई पुरस्कार प्रदान गरिने छ । उद्घाटन कार्यक्रममा उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल लगाउतले मन्तव्य राखेका थिए । मेयर वनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम कार्यपालिका सदस्य राजेन्द्र हमालले सञ्चालन गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया