बैकल्पिक जनशक्तिका लागि युवालाई तालिम

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी वितरण प्रक्रियामा आइपर्ने समस्या सामधानका लागि बैकल्पीक जनशक्ति उत्पादन गर्न युवाहरुलाई तालिम सुरु गरेको छ । खानेपानीको पाइप,मिटर जडान सहित सरसफाईको विषयमा युवाहरुलाई अनुभवी बनाउन तालिम सुरु गरिएको हो ।

चार दिन सम्म चल्ने सो कार्यक्रममा लागि खानेपानीको सेवा क्षेत्र भित्र पर्ने ११ वटा वडाका ३३ जना युवाहरुका लागि प्रशिक्षण पाइप र मिटर जडान गर्न सिकाइने व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए । कार्यक्रममा इन्जिनियर ज्ञानप्रकास पौडेलले पाइन र मिटर जडान तथा इन्जिनियर शिवराज न्यौपानेले खानेपानी तथा सरसफाईको विषयमा सहजीकरण गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष भीष्मराज पौडेलले संस्थालाई आवश्यक पर्दा प्रयोग गर्ने र कर्मचारीको रुपमा काममा लगाउने बृहत्तर योजनाका साथ युवाहरुलाई तालिम सुरु गरिएको बताए । रोजगारी सृजनासंगै जनशक्तिको अभाव हुन नदिन बैकल्पिक जनशक्ति उत्पादन गर्न लागिएको उनको भनाई छ । कार्यक्रममा कोषाध्यक्ष विष्णु पौडेलले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रममा सचिव कृष्णप्रसाद नेपाल,कार्यसमिति सदस्य निर्मला दंगाल,लेखा समिति सदस्य जीवनलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया