ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पत्रकार महासंघ चितवनमा लोकतान्त्रिक प्यानलका अधिकारी निर्वाचित

by केशव भट्टराई
२०७७ चैत्र २६, बिहीबार ०८:५५ गते
in प्रमुख समाचार
0
पत्रकार महासंघ चितवनमा लोकतान्त्रिक प्यानलका अधिकारी निर्वाचित
3
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाट नारायणप्रसाद अधिकारी विजयी भएका छन् ।

चितवनमा २७४ मतदाता रहेकोमा विदेशमा रहेकाबाहेक कुल २६६ मत खसेको थियो । जसमा अधिकारीले १४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी प्रेस चौतारी प्यानलका तिलक रिमालले ११२ मत पाएका छन् । यस्तै, स्वतन्त्र प्यानलबाट सूर्यप्रसाद कँडेलले ४ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाट प्रकाशमणि ज्ञवाली निर्वाचित भएका छन् । उनले १३० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी रमाकान्त पौडेलले १२४ मत ल्याए । उपाध्यक्षमा स्वतन्त्र प्यानलका विनोदबाबु रिजालको ९ मत आयो ।

यसैगरी महिला उपाध्यक्षमा पनि लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलकै प्रमिता ढकाल विजयी भएकी छन् । उनले १४१ मत ल्याउँदा प्रेस चौतारी प्यानलकी शान्ता अधिकारी बीले १२२ मत पाइन् ।

सचिवमा प्रेस चौतारी प्यानलका दीपेन्द्र अधिकारी विजयी बने । उनले १४२ मत ल्याउँदा प्रतिस्पर्धी अनिल ढकालले १२४ मत प्राप्त गरे । चौतारी प्यानलको ११३ मत सुरक्षित रहे पनि अधिकारीलाई स्वतन्त्र समूहका र प्रेस युनियनको मत निर्णायक बनेको हो ।

यसैगरी, सहसचिवमा चौतारी प्यानलका आनन्द पोखरेलले १२३ मतसहित बाजी मारे । उनले ५ मतले लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका टीकादत्त तिमिल्सिनालाई हराएका हुन् । उनले ११८ मत प्राप्त गरे । चुनावी गठबन्धनमा जित सुनिश्चित भइसकेका तिमिल्सिनालाई हराउन युनियनका राजु सापकोटा लागिपरेका थिए । उनले उक्त पदमा बागी उमेदवारी दिएर मतदानको मध्यान्तरमा उमेदवारी फिर्ता लिएको घोषणा गरेका थिए । सापकोटाले २१ मत ल्याए । यद्यपि प्रेस युनियनले उनलाई अनुशासनको कारबाही गरिसकेको छ ।

यस्तै, समावेशी सहसचिवमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका उर्गेन तामाङ विजयी भए । उनले १५२ मत प्राप्त गर्दा प्रतिस्पर्धी चौतारी प्यानलका अमिर रामदामले १०१ मत प्राप्त गरे ।

यसैगरी, कोषाध्यक्षमा समावेशी सहसचिवमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाटै राजेन्द्र आचार्य निर्वाचित भए । आचार्यले १०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी चौतारी प्यानलका गोविन्द घिमिरेले १०२ मत प्राप्त गर्दा अर्का स्वतन्त्र उमेदवार राजेश घिमिरेले ५७ मत प्राप्त गरे ।

यसैगरी महिला सदस्यमा शोभा पुडासैनी १५६, दलित महिला सदस्यमा एलिना पोखरेल प्रिति १४८ र आदिवासी जनजाति सदस्यमा तुलमान गुरूङ अत्यधिक १७८ मतका साथ निर्वाचित भए । तीनै जना लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका हुन् ।

यस्तै, खुल्ला सदस्यहरुमा अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, समीक्षा पुरी, सरिता पौडेल, विवेक पोखरेल, ज्ञानेन्द्र तामाङ र विप्लव काफ्ले विजयी भए ।

Related Posts

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

लोकतन्त्रमाथि खतरा : पूर्वराष्ट्रपति यादव

लोकतन्त्रमाथि खतरा : पूर्वराष्ट्रपति यादव

विद्युत् चोरी गर्ने ३० जनालाई कारबाही : विद्युत् चुहावट चार प्रतिशत

विद्युत् चोरी गर्ने ३० जनालाई कारबाही : विद्युत् चुहावट चार प्रतिशत

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In