ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

by केशव भट्टराई
२०७७ चैत्र २६, बिहीबार ०७:०२ गते
in प्रमुख समाचार
0
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
2
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवन जिल्लामा कोरोना (कोभिड–१९) सङ्क्रमणको संख्या विस्तारै बढ्न सुरू गरेको छ । बुधबार एकैदिन ११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कअनुसार मंगलबारसम्म चितवनमा ४० जना सक्रिय कोरोना सङ्क्रमित रहेका थिए ।

बुधबार पुगेका ५० जना सक्रिय सङ्क्रमितमध्ये ४२ जना होम आइसोलेसनमा रहेका छन् भने आठ जना अस्पतालमा उपचाररत अवस्थामा छन् । ५० जना सङ्क्रमितमध्ये ४५ जना भरतपुर महानगरभित्रका हुन् । खैरहनी नगरपालिकामा ३ जना र बाँकी २ जना रत्ननगर नगरपालिकाका हुन् ।

चितवनमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६ हजार ९५४ जना पुगेका छन् । गत वर्ष फागुन १११ जनाको कोरोनाको सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

देशभर पछिल्लो २४ घन्टामा थप २९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १०० जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा पछिल्लो समय १६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, र कास्कीमा १९ जना रहेका छन् । बुधबारसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ७६८ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ७४ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७३ हजार ५२९ रहेको छ । निको हुने दर भने ९८ दशमलव १ प्रतिशत रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको संख्या दुई हजार २०१ रहेको छ । उनीहरुमध्ये ६५ जना क्वारेन्टाइनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् ।

हालसम्म नेपालमा २२ लाख ९८ हजार १६७ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा एक जना र पहिले नै मृत्यु भएका दुई जनाको बुधबार कोरोनाबाट मृत्यु भएको पुष्टि गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको संख्या बढेको हुनाले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न सबैमा अनुरोध गरेको छ । मन्त्रालयले कोरोनाको जोखिम बढेका ठूला सहरमा सार्वजनिक यातायातको यात्रा गर्न र भीडभाड कम गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरु शपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, मन्दिर, स्वीमिङ पुललगायतका क्षेत्रहरुले जनस्वास्थ्यका मापदण्डहरु अति कडाइका साथ पालना गरेरमात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।

यस्तै, विज्ञप्तिमा घरबाहिर र सार्वजनिक स्थानहरुमा मास्कको प्रयोगलाई अनिवार्य गर्न पनि अनुरोध गरिएको छ । विज्ञप्तिमा विदेशबाट फर्केर घरभित्रै क्वारेन्टाइनमा रहेका र कोरोना सङ्क्रमित भएर घरमै बसेकाहरुले तोकिएका मापदण्डहरु पालना गर्न अनुरोध गरिएको छ ।

Related Posts

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

लोकतन्त्रमाथि खतरा : पूर्वराष्ट्रपति यादव

लोकतन्त्रमाथि खतरा : पूर्वराष्ट्रपति यादव

विद्युत् चोरी गर्ने ३० जनालाई कारबाही : विद्युत् चुहावट चार प्रतिशत

विद्युत् चोरी गर्ने ३० जनालाई कारबाही : विद्युत् चुहावट चार प्रतिशत

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा तीन दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In