ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नमुना बन्दै माडीको दिवाकर स्मृति प्राविधिक शिक्षालय

–रामशरण गैरे

by केशव भट्टराई
२०७७ चैत्र २५, बुधबार ०९:३७ गते
in समाज
0
Auto Draft
1
SHARES
Share on FacebookShare on Twitter

माडी । चितवनको दुर्गम मानिने चितवनको माडीमा सञ्चालित दिवाकर स्मृति प्राविधिक शिक्षालय देशकै नमुना प्राविधिक शिक्षालयका रुपमा चिनिन थालेको छ । विसं २०७५ बाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को आङ्गिक कलेजको रुपमा सञ्चालन हुँदै आएको सो शिक्षालयमा चितवन, नवलपरासी, पर्सा, बारा, लमजुङ, तनहुँ, गोरखालगायतका जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका छन् ।

माडी नगरपालिका–६, हरिनगरस्थित आधारभूत (१–८) विद्यालय जनकल्याण माविमा मर्ज भएपछि सोही विद्यालयमा शिक्षालय स्थापना भएको हो । सातवटा प्रदेशका उत्कृष्टमध्ये एक दिवाकर स्मृति प्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङ र एग्रिकल्चर (पशु विज्ञान), एनिमल साइन्स र फार्मेसी संकाय सञ्चालन भइरहेको छ ।

शिक्षालयमा हाल डिप्लोमा तहको सिभिल इन्जिनियरिङतर्फ ३९ जना र एग्रिकल्चर (पशु विज्ञान)तर्फ २९ जना अध्ययनरत छन् । ५५ हजार १ सय रूपैयाँमा तीनवर्षे कोर्ष पूरा हुनेछ । एग्रिकल्चरतर्फ बाली विज्ञान र इन्जिनियरिङतर्फ इलेक्ट्रिकलका शैक्षिक कार्यक्रम थप गरिँदैछ ।

शिक्षालयले छोेटो अवधिका तालिमसमेत दिँदै आएको छ । टेलरिङ, ब्युटिसियन, मेसन, इलेक्ट्रिकल, प्लम्बिङका कक्षा चलाएको छ । तालिममा स्थानीय १ सय ८० जना सहभागी छन् । यस्तै, माडी नगरपालिकाको आयोजना र शिक्षालयको समन्वयमा सिन्के धूप बनाउने २ हप्ते तालिमसमेत चलाइएको छ । ‘सीप सिकाउने काम पनि गरेका छौँ’, प्रधानाध्यापक ऋषिराम काफ्लेले भने ।

स्थानीय निकायसँगको समन्वयमा प्रदेश कार्यालयसँग सम्झौता गरी बेमौसमी तरकारीखेती तालिम, डकर्मी तालिम, केयर गिभर तालिम, टेलरिङसम्बन्धी तालिम, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम, निर्माणकर्मी, बिल्डिङ इलेक्ट्रिकसम्बन्धी तालिम प्रदान गरिने शिक्षालयका प्रमुख पुष्पराज पौडेलले बताए ।

शिक्षालयको ५ बिघा जग्गा आफ्नै स्वामित्वमा छ । यस्तै, साढे ३ बिघा जग्गा भोगचलन गर्ने अधिकार पाएको छ । हरिनगर विद्यालयको १३ कोठे भवन प्रयोगमा छ । शैक्षिक भवनमा ५० कोठा, प्रशासनिक भवनमा २० कोठा, लाइब्रेरी भवन ६ कोठा, २० वटा क्वाटर भवन, अतिथि गृह, होस्टल बनाइएको उनले बताए ।

माछा पोखरी ,गाईभैँसी गोठ, बाख्रा–सुँगुर–खरायोलगायतका खोरहरु, कृषि फार्म, पशु स्वास्थ्य क्लिनिकलगायतका पूर्वाधार बनाउने यस्तै कार्पेन्टिङ, प्लम्बिङ, सेट हाउस निर्माण गर्ने योजना रहेको बताए । भौतिक, रसायन, जीव, वनस्पतिशास्त्र, प्लम्बिङ, मेसनलगायतका सामान्य प्रयोगशाला तयार भइसकेका छन् । इलेक्ट्रिकल, कार्पेन्टिङ वर्कसप कम्प्युटर ल्याब बन्दैछन् । ३ वर्षभित्र एग्रिकल्चरतर्फ बाली विज्ञान र इन्जिनियरिङतर्फ इलेक्ट्रिकल शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

‘सबैका लागि शिक्षा’ हाम्रो नारा हो । हाम्रो मूल उद्देश्य विद्यार्थी विद्यार्थीजस्तै होऊन् र माडीका सामुदायिक विद्यालयबाट उत्पादित विद्यार्थी विश्व बजारमा सहजै बिक्न सकून् भन्ने हो’, नगरप्रमुख ढाकुर ढकालले भने ।

माडी स्थायी घर भएका १८ जनालाई जनही ५० प्रतिशत नगरपालिकाले खर्च व्यहोरेको छ भने पूरा कोर्ष १ लाख १० हजारमा नै पढ्ने व्यवस्था गरिएको छ । यो हिसाबले ५५ हजारमा माडीका विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गर्न पाइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थी छन् भने नगरपालिकाले पूरा खर्च व्यहोर्ने गरेको नगरप्रमुख ढकाल बताउँछन् । चालू आर्थिक वर्षमा त्यस्ता ३ जनालाई उक्त व्यवस्था गरिएको छ ।

Related Posts

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

सामुदायिक वनमा भीषण आगलागी

आगलागी हुँदा छ घर जलेर नष्ट

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा तीन दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In