डा. हरिप्रसाद क“डेल
संसारका समृद्घ मुलुकहरु त्यस देशको राजनीतिक नेतृत्वको क्षमता, लगाव र इमानका परिणति हुन् भन्दा फरक नपर्ला । राजनीति नैतिकताको एउटा वलियो धरातल हो, अनि विवेकशील व्यक्तिहरुको महासभा
हो । कानुनको धरातलमा टेकेर जनताको भलाइका लागि गरिने असल कृत्य राजनीति हुनुपर्दछ । तर, नेपाली समाज अझै अचेत र अर्धचेतनको स्थितिबाट गुज्रिरहेको छ । मानिसहरु भीडको पछि दौडने स्थिति अझै विद्यमान छ । भविष्य र वास्तविकताभन्दा पनि तत्कालीन प्रचारवादी कुराको पछाडि दौडने सामाजिक अवस्था रहँदासम्म बीपीजस्ता असाधारण र ऐतिहासिक युगपुरूषको महिमा गाथाको मह¤व बोध हुन सक्छ भन्ने लाग्दैन, तर नेपाली जनताले त्यो दिन धेरै पखर्नु पर्ने छैन । मुलुक जति–जति खराब स्थितिबाट गुज्रँदै जान्छ, जनताहरु तब टाउकोमा हात राखेर असल नेताको खोजी गर्ने स्थितिमा अवश्य पनि पुग्नेछन् ।
यही श्रावण ६ देखि भाद्र २४ गतेसम्म जन्मशताब्दी कार्यक्रमका नाममा सङ्घर्षमय जीवनगाथाले रंगीन बीपीको स्मृति दिवस मनाउने सन्दर्भमा छौँ, हामीहरु यस वर्ष
पनि । कांग्रेस र कांग्रेसको भातृ संस्था तथा शुभेच्छुकले यस घडीमा मुलुकलगायत विदेशमा पनि विविध कार्यक्रम आयोजना गरी आफ्ना संस्थापक नेताको सम्झना गर्दैछन् । चितवनमा पनि सप्ताहव्यापी कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।
नदीको प्रवाहजस्तै सधैँ गतिमान, निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेश्वरप्रसाद कोइराला हो । संसारका थोरै व्यक्तित्वमा हुने विशेषता ‘व्यक्ति एक ः व्यक्तित्व अनेक’ बोकेका बीपी नेपाली धर्तीका वरद पुत्र हुन् । बीपीको असाधारण अभिव्यक्ति कला, लेख्य क्षमता, भाषिक ज्ञान र समर्पणभाव अनि दुःखदायी जीवनी पढ्दा जोकोही भावुक हुन्छ भन्ने लाग्दछ । जनयुद्घका नाइके भनिएका प्रचण्डले समेत बीपीलाई आफ्नो आदर–पुरूष भनी आफ्नो प्रधानमन्त्रीको कार्यकालमा भावुक अभिव्यक्ति दिनु नै यसको एक प्रमाण हो । आत्मवृतान्त, जेलजर्नल र अदालती बयानका अंशहरु पढ्दा अनि बीपीका सहकर्मीहरुको बीपीप्रतिको दृष्टिकोण श्रवण गर्दा उहाँजत्तिको सच्चा नेपाली राष्ट्रनायक कोही नभएको बुझ्न सकिन्छ । थाहा छैन म आफैँलाई कि मेरो विवेकले यी महामानव बीपीको व्यक्तित्व र कृतित्वको समीक्षा गर्ने योग्यता राख्छ या राख्दैन । तर पनि म उहाँलाई छापाका सामग्रीहरुकै आधारमा सम्झना गर्न गइरहेको छु ।
राणाशासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्ने राजनीतिक आन्दोलनमा होमिएका सर्वाधिक लोकप्रिय नेपाली राजनेता बीपी कोइराला २००३ सालमा नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र होइनन्, कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार पनि हुन् । तत्कालीन राणा शासकहरुको आँखामा बिझेपछि भारत निर्वासित भएका समाज सुधारक पितासँगै प्रवासमा अंग्रेज हटाऊ आन्दोलनबाट राजनीतिमा होमिएका बीपी कोइरालाले नेपालमा राणाशासन विस्थापित गरी प्रजातन्त्रको बहालीका लागि देशबाहिर र भित्रबाट नेतृत्वदायी भूमिका खेलेका थिए । २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको राजनीतिक आन्दोलनको सफलतापछि अन्तरिम सरकारका गृहमन्त्री भएका बीपी कोइराला नेपाली कांग्रेसको मात्र नभई नेपालकै सबैभन्दा लोकप्रिय नेताका रुपमा राजनीतिको केन्द्रमा थिए । २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा दुई तिहाईभन्दा बढी मत आर्जन गर्ने नेपाली कांग्रेसको नेताका रुपमा प्रधानमन्त्री चुनिएर बीपीले २०१७ साल पुस १ गते प्रजातन्त्र अपहरण नभएसम्म पहिलो जननिर्वाचित सरकार सञ्चालन गरेका थिए ।
प्रजातन्त्रको अपहरण भएपछि आठ वर्ष निरन्तर जेलजीवन भोगेका बीपी त्यसपछि पुनः प्रवासबाट नेपाली कांग्रेसको नेतृत्व गरी २०३३ सालमा तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रि«य परिस्थितिको विश्लेषण गरी देशभित्र मृत्युदण्डको माग गर्ने तत्कालीन हार्डलाइनर पञ्चहरुको जोखिम स्वीकार गरी राष्ट्रिय मेलमिलापको नारा लिई नेपाल फर्केका थिए । प्रजातान्त्रिक समाजवादी राजनीतिक सिद्धान्त बोकेका बीपीले सोसलिस्ट इन्टरनेसनलको एक अगुवाका रुपमा पनि अन्तर्राष्ट्रिय राजनीतिमा आकर्षक भूमिका निर्वाह गरेका
थिए । २०३७ सालको जनमतसंग्रहमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका पक्षमा अधिराज्यव्यापी प्रचारप्रसारको नेतृत्व गर्ने बीपीले २०३९ सालमा निधन नभएसम्म संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका खातिर आफूलाई समर्पित गरेका थिए । आफ्नो जीवनकालभरि देशको राजनीतिमा समर्थन र विरोधको केन्द्रमा रहेका बीपी अन्तर्राष्ट्रियस्तरमा पनि परिचित लोकप्रिय नेपाली राजनेता हुन् । नेपाली कांग्रेस उनकै नाम, सिद्घान्त, कर्म र आकर्षणले अनुप्राणित रहँदै
आएको छ ।
जीवनभरि राजनीतिक सङ्घर्ष गरेका, आफ्नो उपचार गर्न नसकेका र नेपाली जनताका लागि आफ्नो जीवन प्रवाह गरेका अनि आफ्नै नेपाली नामको राजनीतिक दल र सिद्घान्तका प्रवर्तक महामानव बीपी कोइरालाको आदर्शतम व्यक्तित्व नेपालभित्र अतुलनीय तथा समकालीन विश्वमा पनि तुलना योग्य रहेको
छ । वर्तमान नेपाली राजनीतिका नेतृत्वहरु बीपी कोइरालाको अघि अति फिका देखिनुले पनि आज फेरि नेपाली धर्तीमा बीपी कोइरालाको आवश्यकता खट्किएको छ ।
देशको माटोको कसम बोक्ने नेता चाहिएको छ आज, नेपाल आमालाई । किसानको फाटेको टोपी र उसको गाईगोठ हेरेर निर्णय गर्ने राजनेता चाहिएको छ, नेपाली जनतालाई आज । अखण्ड नेपाल हाँक्ने महामानव चाहिएको छ
हामीलाई । सामाजिक सहिष्णुता कायम गर्ने नेतृत्व चाहिएको छ, नेपाली जनतालाई । भिजाएको चना, नुन र गुण खाएर छाक टार्न सक्ने बीपी कोइरालाजस्ता सर्वहारा नेता चाहिएको छ नेपालीलाई । सत्ययुगको जस्तो वरदान मागेर पाइने भए फेरि बीपी कोइरालाको अवतार चाहिएको छ, नेपाल आमालाई ।
जीवनका पछिल्ला दिनहरुमा राष्ट्रिय मेलमिलापको देशभक्तिपूर्ण उच्चतम राजनीतिको आयाम बीपीको जीवनपर्यन्तको यात्रा बन्न गयो । आज देशमा स्वार्थ–परायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलबाला छ । आज नेपाली कांग्रेसको काँधमा दुई जिम्मेवारी छ । लोकतन्त्रको रक्षा गर्नु र राष्ट्रियता जोगाउनु । राष्ट्रिय एकता लोकतन्त्रको जगेर्नाबाट मात्र हुन सक्दछ र लोकतन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण व्यवस्थामा मात्र बलियो हुन सक्दछ भनी बीपीले लिएको नीति आज झन् सान्दर्भिक भएको छ । यस घडीमा संविधान निर्माण र राज्य पुनःर्संरचनाको राष्ट्रिय अभिभारा पूरा गर्न नेपाली कांग्रेसले नेतृत्व दिन सक्नुपर्दछ र यसप्रति राजनीतिक प्रण गरी नेपाली जनतालाई आश्वस्त पार्न सक्नुपर्दछ । अनि, बीपीवादलाई कार्यान्वयन गराउने लक्ष्यमा दृढ रहने प्रतिज्ञा गर्न सक्नुपर्दछ । यो भएमा बीपीको सच्चा स्मृति गानको मह¤व युगौँयुग फैलँदै जानेछ ।
आचरण र संस्कृतिमा समाजवाद खोजौँ ः
हालको सिराहनजिक जयनगर पार गरेपछि आउने चन्द्रगन्ज भन्ने बजारनजिक तत्कालीन भन्सार अड्डानेर पहाडबाट झरेका ढाक्रेहरुले जाडोमा फाटेको लुगा लगाएको देखेपछि ग्लानि महसुस गर्दै उनीहरुलाई असर्फी मिश्रमार्फत नयाँ कपडा दिएर उनीहरुको फाटेको वस्त्र पार्सल बनाएर चन्द्रशमशेरकहाँ पठाएर सुरू गरेको कृष्णप्रसाद कोइरालाको स्वतन्त्रता र समाजवादी आन्दोलनको दृष्टान्त कहाँनेर कायम गरेका छौँ आज हामीले ? के आज एक चौँथाइ जनता त्यस्तै ढाक्रेको जस्तै जीवनशैलीमै रहेको कुरा सरकारमा रहँदा सम्झेका छौँ त हामीले ? भारतको भागलपुरमा ४५ जनाको डफ्फा राखेर माटोको ठूलो भाँडोमा चना, नुन र गँुड तयार पारी छाक टारेको दुःखद घटनाका एक पात्र स्वयं सुशीलले आज किन सम्झन सकेका छैनन्, आफ्नो विगत गरिबीको व्यथा ? बेतियामा बस्दा पत्रिका बेचेर आएको पैसाले कुँडो (पानीमा पीठो, तरकारी सबथोक हालेर पकाएको खाना) बनाएर खाएको दुःखको चित्र किन नखोजेको कांग्रेस सरकारले ? बीपीका भाइ हरिहर हैजाले मरेको अनि कात्रो किन्न नसकेको, स्वयं बीपी क्यान्सरबाट पीडित भएको दुःखद जीवनगाथा स्मरण गरी नेपाली जनताको आधारभूत स्वास्थ्य सुविधालाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम ल्याउने चेष्टा खोइ त आजसम्म ? बहिनी नलिनी र सानीआमाले लुकाएर दिएको कानको सुन बेचेर पढ्नु परेको बीपीको आयामिक जीवनबाट आमनेपालीका लागि सुलभ शिक्षा नीति ल्याउनुको सट्टा व्यापारीकरणको स्थिति किन ल्याइयो त ? दरभंगाको मुक्तिपुरको जुटमिल र सुगरमिलमा बीपीले मजदुरी गरेको स्मरण गर्दै कहिल्यै नेपाली मजदुर वर्गको उत्थानमा उचित कदम चालियो त ? खद्दर लगाउने बीपीको सादगी पहिरन र स्वावलम्बनको चाहना अहिले हामीसँग कहाँ छ र ?
आज गरिब र निम्न वर्गको कुरा गर्ने हो भने हामीलाई पनि कम्युनिस्टको कित्तामा राखिदिएर आफू भने कर्मकाण्डी बीपीवादी बन्ने प्रवृतिलाई के भन्ने हो यतिबेला ? बीपीको समाजवाद ग्रामीण किसान र कृषि अर्थतन्त्रको सेरोफेरोमा रहेको कुरा कहिल्यै स्मरण गर्न सकेनौँ हामीले । बीपी केवल कांग्रेसीहरुले मात्र सम्झने व्यक्ति होइनन्, उनको स्मृति कार्यक्रममा कांग्रेसजनको मात्र उपस्थिति बनाउन खोज्ने कर्मकाण्डी कांगे्रसीहरुको साँघुरो सोचले बीपीको समाजवादको जगेर्ना हुने आशा नगरौैँ हामीले । माक्र्सको उत्पादन अर्थशास्त्र र पुँजीवादी दर्शन संसारकै सम्पति भएजस्तै बीपीको समाजवाद पनि अन्तर्राष्ट्रिय दर्शन हो भन्ने विषय अर्थशास्त्रले देख्न सकेन । समाजवादअनुसार उत्पादन र वितरणको नीतिलाई अर्थशास्त्रले पहिल्याउन नसकेको प्रति समीक्षा गरौँ यतिबेला ।
बीपीवादलाई हाम्रो आचरण र संस्कृतिसँग पनि जोड्नुपर्दछ । सुकिलाहरुमाझ एलिट क्लबमा बीपीवाद रटेर केही हुन सक्दैन भन्ने चेत खुलोस् । मञ्चमा अरुलाई सिकाउन जानेहरुलाई आफू स्वयम्मा बीपीको संस्कार भरेर देखाउन अनुरोध गर्दछु । रास बिहारीलाल कायस्थजस्ता बीपीका असल शिक्षक बनेर समाजवादी संस्कृति निर्माणमा अघि बढ्न सज्जन कांग्रेसीजनहरुमा प्रेरणा जागोस् । अन्तमा, बीपीवादको आदर्शप्रति श्रद्घाभाव व्यक्त गर्दै स्वर्गीय महामानव बिपीप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु ।
(लेखक, शिक्षक संघ चितवनका उपाध्यक्ष तथा मैयाँदेवी कन्या कलेजका प्राध्यापक हुन् ।)
Discussion about this post