चितवनमा कोरोना सङ्क्रमितको संख्या सात हजारनजिक

अन‌ि यो पनि

भरतपुर । चितवनमा कोरोना भाइरस सङ्क्रममितको संख्या सात हजारको नजिक पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सोमबारसम्ममा ६ हजार ९३७ जनामा सङ्क्रमण पुष्टि भएको देखिन्छ ।

४६ हजार ६२३ वटा नमुना परीक्षण हुँदा चार हजार १०२ जना पुरूषसहित ६ हजार ९३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् । सङ्क्रमितमध्ये ११० जनाले ज्यान गुमाइसकेका छन् भने ४२ जना सक्रिय सङ्क्रमित छन् ।

सक्रिय सङ्क्रमितमध्ये सात जना अस्पतालको आइसोलेसनमा छन् भने बाँकी सबै होम आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेका जनस्वास्थ्य अधिकृत ढकालले बताइन् । २०७७ वैशाख ५ गते पहिलोपटक कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चितवनबाट ६ हजार ७८८ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या फाट्टफुट्ट देखिँदै आएका छन् ।

गएको भदौ असोज ताका दैनिक एक हजारको हाराहारीमा सक्रिय सङ्क्रमित पुग्ने गरे पनि अहिले सङ्क्रमितको बढ्ने दर कम रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ‘यतिबेला कोरोनाको सङ्क्रमणबाटै डराइहाल्नुपर्ने अवस्था त छैन, तर सचेत हुन आवश्यक छ’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले भने । कोरोना भाइरसबाट भन्दा पनि हावाहुरीबाट निम्तिन सक्ने धुलोधुवाँको समस्याबाट जोखिनुपर्ने प्रमुख आवश्यकता रहेको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया