माडीमा रथयात्रासहित रामसीताको मूर्ति स्थापना गरिने

अन‌ि यो पनि

माडी । आउँदो वैशाख ९ गते रामनवमी पर्वको अवसर पारेर माडीको अयोध्यापुरीमा भव्य रथयात्रासहित रामसीताको मूर्ति स्थापना हुने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माडीको वसन्तपुरमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रथयात्रासहित मूर्ति स्थापना गर्ने जानकारी दिएका हुन् ।

मुख्यमन्त्री पौडेलले रामनवमी मेला आयोजनाका लागि सार्वजनिक आग्रह गर्दै वैशाख ९ मा सबैले देख्ने र महसुस गर्ने गरी योजना बनाउन माडी नगरपालिकालाई अनुरोध गरेका थिए । माडी अयोध्याधाममा राख्नका लागि प्रधानमन्त्री ओलीको सौजन्यमा झन्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार गरिएको छ ।

मुख्यमन्त्रीको आग्रहसँगै माडी नगरपालिकाले रामनवमी पर्व भव्यतापूर्वक मनाउन पूर्वसांसद् तीर्थराज भुसालको संयोजकत्वमा रामनवमी मेला समिति गठन गरी काम अगाडि बढाउने तयारी गरिएको नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए । बजेटको व्यवस्था प्रदेश सरकारले गर्ने उनले बताए ।

मुख्यमन्त्री पौडेल र मन्त्री लामासहित प्रदेश सांसद्हरु कृष्ण भूर्तेल र विजय सुवेदी, माडीका नगरप्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु र स्थानीय सामाजिक राजनीतिकसहितको प्रदेश सरकारको उच्चस्तरीय टोलीले रामधाम निर्माणका लागि प्रस्तावित माडी–९ स्थित कृष्णनगर पार्कक्षेत्र र माडी–८ स्थित दक्षिण अयोध्यापुरीको अवलोकन गरेको थियो ।

सो अवसरमा माडीको मह¤वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र गोद्धक र पाँच पाण्डव क्षेत्रको विकासका लागि मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण गरिएको थियो । माडी वडा नं–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले मुख्यमन्त्री पौडेललाई एक अनुरोध पत्र बुझाउँदै गोद्धक क्षेत्रको विकासका लागि राष्ट्रियस्तरको बृहत्तर गोद्धक क्षेत्र विकास समिति गठनको अनुरोध गरेका थिए ।

त्यसैगरी, पत्रमा गोद्धकनाथ र वाल्मीकि आश्रमको एकीकृत विस्तृत परियोजना निर्माण, गोद्धक क्षेत्रलाई धार्मिक वन क्षेत्रका रुपमा विकास, मरोठ खोला तटबन्ध र पुल निर्माण, देउता खोलालगायतका ठाउँहरुमा झोलुङ्गे पुल निर्माण र वाल्मीकि आश्रमदेखि पाण्डवनगरसम्म पैदलमार्ग निर्माणको अनुरोधसमेत गरिएको छ । त्यस्तै, ऐतिहासिक अष्टभुज शिवलिङ्ग मन्दिर, परशुराम कुण्ड, गोद्धकनाथ मन्दिर, भीम मन्दिर, द्रौपति पोखरी आदिको संवद्र्धन तथा उत्खनन गर्न आग्रह गरिएको छ ।

त्यस्तै टोलीले माडी–८, कान्तिपुरस्थित चक्लाबन्दीमा आधारित सामूहिक खेतीको समेत अवलोकन गरेको थियो । मुख्यमन्त्री पौडेलले माडीका कृषि वैज्ञानिक डा. भानेश्वर पोखरेलद्वारा स्थापित माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रको उद्घाटनसमेत गरेका थिए ।

प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्र भरतपुरको सहयोगमा फर्ममा कम्पोष्ट पिटसहित सुधारिएको गोठ निर्माण, थोपा सिंचाइ जडान, कृषि उपज संकलन तथा बिक्री कक्ष निर्माण, नर्सरी हाउस र साइलो पिट निर्माण गरिएको छ ।

डेनमार्कबाट कृषि विषयमा पिएचडी गरेका माडी नयाँ पिपरियाका कृषि वैज्ञानिक डा. पोखरेलले माडी–४, खैरहनीमा १५ बिगाहा क्षेत्रफलमा चक्लाबन्दीमा आधारित व्यावसायिक खेती सुरूवात गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...