जेपी भेटवालको तेस्रो स्मृति दिवस : ‘भेटवालको जीवनीबाट जनप्रतिनिधिले आदर्श सिकून्’

अन‌ि यो पनि

भरतपुर । २०७४ साल बुधबार साढे १२ बजेको तातो हावासँगै एउटा यस्तो दुःखद खबर फैलियो । खबर थियोे, नेकपा एमाले नेता जेपी भेटवालको निधन । भेटवाल जसले संसारबाट बिदा लिएको तीन वर्ष पूरा भएको छ । काठमाडौँको वीर अस्पतालको बेडबाट क्यान्सरसँग लड्दालड्दै भेटवाल अस्ताएका हुन् ।

सादा जीवन उच्च विचारका अनुयायी नेता भेटवाल २०४८ र २०५१ सालमा चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट सांसदमा विजयी भएका थिए । जेपि भेटवालको तेस्रो स्मृति दिवसमा उनलाई नसम्झने चितवनवासी सायदै होलान् । उनका सहपाठीहरुका अनुसार भेटवालको राजनीतिमा कालो कोट, पुरानो साइकल, धागोले बुनेको झोला र छाता जोडिन्छ ।

राप्ती नगरप्रमुख प्रभा बरालका अनुसार जहाँ जनताको दुःख, पीडा छ, त्यही भेटवाल उपस्थित हुन्थे । बाढीले बगाउँदा होस्, पहिरोले धकेल्दा होस्, भेटवाल साइकल पेलेर त्यही ठाउँ पुगेर जनताको सेवामा खटिन्थे । बरालले भनिन्, ‘जनता रुँदा भेटवालको आँखाबाट आँशु बग्थ्यो, जतना हाँस्दा उनी हाँस्थे ।

भेटवाल साइकल पेलेर चितवनवासीको घरघरमा पुगेर भोट माग्थे, आफूले घरबाट झोलामा हालेर लगेको चिउरा खान्थे’ भेटवालका सहपाठी एमालेका बागमती प्रदेशका इन्चार्ज काशीनाथ अधिकारीले भने, ‘अहिलेका जनप्रतिनिधिहरुले भेटवालको जीवनबाट सिकून्, आदर्श के हो ? विकास कसरी गर्ने भनेर । भेटवाल कस्ता थिए भने साइकल पेलेर जनताको घरघरै जान्थे, खाली खुट्टै हिँडेर विकासमा होमिन्थे ।’

उनका अनुसार पूर्वी चितवनलाई बाढीबाट जोगाउने नेता भनेकै भेटवाल हुन् । उनले भने, ‘राजनीतिमा उनले कहिल्यै थकाइ मारेनन्, अथक यौद्धा नै हुन् । मृत्युलाई धेरै वर्षसम्म जिते, ६५ वर्षकै उमेरमा सम्पूर्णलाई रुवाएर बिदा भए ।’

भेटवाल सांसद्मात्र होइन, पत्रिकाका सम्पादक पनि थिए । उनी प्रकाश पत्रिकाका सम्पादक थिए । अहिलेका चर्चित नेता बागमती प्रदेशका अध्यक्ष आनन्द पोख्रेल भेटवालकै पत्रिकाका दोलखा संवाददाता थिए ।

चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले पञ्चायत कालदेखि जनआन्दोलनसम्म भेटवालले खेलेको भूमिका चितवनवासीको लागि अतुलनीय रहेको बताउँछन् । उनले भने, ‘भेटवाल क्रान्तिकारी नेता हुन्, उनी जनताको मनमनमा बस्न सके, हरेक जनप्रतिनिधि आज जेपी भेटवालजस्तो हुनुपर्छ ।

भेटवाल ११ वर्ष क्यान्सरसँग लडेरै जिते । २०६३ सालदेखि उनी प्रोस्टेट क्यान्सरबाट ग्रसित थिए । चाहे नयाँ पदमपुर बसाल्न होस् या लोथरमा ड्याम राख्न होस् भेटवाल साइकल चढेर पुग्थे । साइकल चढेर विकास छेड्ने नेता हुन् भेटवाल ।

एमाले पार्टीले उनलाई २०४८ सालमा चितवन क्षेत्र नं १ बाट उमेदवार बनाएको थियो । सादा जीवन उच्च विचार, उच्च विकास चाहने भेटवाल चितवनको पश्चिम मेघौलीदेखि पूर्व लोथरसम्म साइकल चढेर विकासमा होमिएका नेता थिए भेटवाल ।
थपलियाका अनुसार ०४७ सालमा र ०५० साल राप्तीमा ठूलो बाढी आयो । बाढीले गाउँ सखाप हुन लाग्यो भन्ने खबर उनले थाहा पाउने बित्तिक्कै साइकल चढेर उनी घटनास्थल पुगी उद्धारमा लागेका थिए ।

एमालेको केन्द्रीय लेखा आयोगका सदस्य, १० वर्षसम्म अञ्चल सदस्य, क्षेत्रीय इन्चार्ज, राज्य व्यवस्था विभागको सदस्य र सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएका भेटवालले २०४० सालबाट कुनै न कुनै पदीय जिम्मेवारीमा रहेर काम गरेका छन् ।

काभ्रे जन्मथलो भएका भेटवाल २०२० सालमा चितवनको भण्डारा झरेका हुन् । उनकी एक छोरी सिर्जना भेटवालले जेपी भेटवालजस्तो बाबाकी छोरी भएर जन्मन पाउँदा आफूलाई ठूलो भाग्यमानी ठानेको बताइन् ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

परनिर्भरताको दलदल !

प्रतिकृया