भरतपुर । संगठनको नाममा कसैले समानान्तर भेला आयोजना गरे अनुशासनको कारबाही गर्ने अनेरास्ववियु चितवनले चेतावनी दिएको छ ।
अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्यले शुक्रबार एक विज्ञप्ति जारी संगठनको विधि विधान विपरित अवाञ्छित गतिविधि तथा भेला आयोजना गर्नेलाई अनुशासनको कारबाही गरिने बताएका हुन् ।
अनेरास्ववियु चितवन (माधव–झलनाथ) समूहले शनिबार समानान्तर भेला आयोजना गर्दै छ । समानान्तर भेलामा संगठनको झण्डा र नामको दुरुपयोग गरिए कारबाही हुने आचार्यले बताए । साथै नेकपा एमालेका नेता स्वर्गिय जेपी भेटवालको तेस्रो स्मृति सभामा सहभागि हुन अनेरास्ववियुले आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।
एमाले नेता एवम् परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले शनिबार जिल्ला पार्टी कार्यालय मदननगरमा आयोजना गरिने स्मृति सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय युवा संघ, नेपाल जिल्ला कमिटी चितवनका संयोजक सुशिल केसीले पनि शुक्रबार एक विज्ञप्ति जारी गरी भेटवालको स्मृति सभामा सहभागि हुन आग्रह गरेका छन् ।
Discussion about this post