मेची–महाकाली अभियानको टिम कैलालीमा

अन‌ि यो पनि

रामपुर । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणलाई आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरू गरेको धुर्मुस–सुन्तलीको टिम कैलालीमा पुगेको छ । रङ्गशाला निर्माणमा बजेटको अभाव भएपछि गत चैत १० गतेदेखि मेची–महाकाली अभियान सुरू गर्ने क्रममा धुर्मुस–सुन्तलीको टिम बिहीबार चौँथो दिन कञ्चनपुरबाट कैलाली पुगेको हो ।

‘महाकाली नदीपारिको भूमि दोधारा, चाँदनीबाट सुरू भएको हाम्रो अभियानमा कञ्चनपुरवासी मनकारी व्यक्तित्वहरुले गर्नुभएको सहयोग र सद्भावले हामी निकै हर्षित भएका छौँ’, फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले भने, ‘रङ्गशालामात्रै नभएर यो अभियान सिङ्गो देशलाई जोड्ने एकताको अभियान हो । राष्ट्रिय एकताको प्रतिबिम्ब ठडिइरहेको हुनाले हामीले पिच निर्माणमा महाकाली नदीको माटो र सीमा स्तम्भमा रहेको माटो ग्रहण गरेका छौँ ।’

पूर्व मेची नदी र सीमाको माटो र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको माटो गरी तीनवटै ठाउँको माटो अन्तर्राष्ट्रिय खेल मैदानको सातवटा पिचमा प्रयोग गरी राष्ट्रिय एकताको सन्देशसहितको राष्ट्रिय गौरवको रङ्गशाला निर्माण सम्पन्न गर्ने चाहना समग्र तीन करोड नेपालीको चाहना अनि सपना रहेको अध्यक्ष कट्टेलले बताए । उनले भने, ‘रङ्गशाला निर्माणमा सबैजसो जिल्लाको सहभागिता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरू गरेका हौँ ।’

उनले हरेक जिल्लामा दुई दिन रहेर रङ्गशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिएको बताए । रङ्गशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए ।

सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अर्जुन भुसाललगायत रहनेछन् । महाकालीबाट सुरू गर्न लागिएको अभियान कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउनेछ । रङ्गशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए ।

फाउन्डेसनले देशविदेशबाट रकम संकलन गरी चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला ११ करोड ऋणमा रहेको छ ।

अहिलेसम्म मुख्य क्रिकेट मैदानको काम ८५ प्रतिशत सकिएको र प्यारापिटको काम ३० प्रतिशत सकिएको फाउन्डेसनको भनाइ छ । २०७५ माघ १६ गते सम्झौता भई निर्माण सुरू गरिएको रङ्गशालाको कुल लागत ३ अर्ब ५५ करोड रहेको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया