हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको निर्वाचन कार्यक्रमअन्तर्गत बिहीबार उमेदवारी दर्ताको प्रक्रिया पूरा भएको छ । पदाधिकारीसहित २१ सदस्यीय प्रदेश समिति चयनका लागि हुँदै गरेको निर्वाचनमा ४२ जनाको उमेदवारी परेको छ । अध्यक्ष पदका लागि तीन जनाको उमेदवारी परेको छ ।
प्रदेश अध्यक्षका लागि मकवानपुरका गिरिजा अधिकारी, नुवाकोटका शिव देवकोटा र चितवनका हरिप्रसाद पोखरेलको उमेदवारी परेको छ । यस्तै, खुला उपाध्यक्षमा धादिङका नवराज छत्कुली, मकवानपुरका रुपेश दुलाल र मकवानपुरकै हरिप्रसाद हुमागाईंको उमेदवारी परेको छ । अल्पसंख्यक सदस्य पदमा भने दोलखाकी निराशी थामीको मात्रै उमेदवारी परेको निर्वाचन समितिका सदस्य सुरेश श्रेष्ठले जानकारी दिएका छन् ।
महिला उपाध्यक्षमा मकवानपुरकी नानीमैया कार्की (सम्झना) र चितवनकी संगीता आचार्यको उमेदवारी परेको छ । महासचिवमा धादिङका केशव अधिकारी र मकवानपुरका कृष्ण सारु मगरको उमेदवारी परेको छ ।
खुला सचिवमा काभ्रेका दयाराम महत र सिन्धुपाल्चोकका युवराज पुरीको उमेदवारी परेको छ । समावेशी सचिवमा जीवन लामा र राजन विकको उमेदवारी परेको छ । कोषाध्यक्षमा रमेश ढुङ्गेल र रामचन्द्र नेपालको उमेदवारी परेको छ ।
खुला सदस्य ५ जनाका लागि ११ जनाको उमेदवारी परेको छ । खुला सदस्यतर्फ नुवाकोटका कृष्णप्रसाद ढुङ्गाना र रामहरि गजुरेल, मकवानपुरका गोपी न्यौपाने, सुजन विडारी र सुदीप शिवाकोटी, सिन्धुपाल्चोकका जीवन कुँवर, चितवनका प्रकाश सिग्देल, रसुवाका प्रेमप्रसाद पौडेल, सिन्धुलीका लक्ष्मण घिमिरे, दोलखाका श्यामप्रसाद खतिवडा र सन्तोष भुजेलको उमेदवारी परेको छ ।
३ जना महिला सदस्यमा ५ जनाको उमेदवारी परेको छ । महिला सदस्यमा सिन्धुलीकी अञ्जु तामाङ, चितवनकी सविता श्रेष्ठ, रामेछापकी ज्ञानु श्रेष्ठ, काभ्रेकी सविता न्यौपाने र सम्झना हुमागार्इंको उमेदवारी परेको छ ।
एक जना दलित सदस्यमा धादिङका केशव नेपाली र सिन्धुपाल्चोकका प्रकाश सुन्दासको उमेदवारी परेको छ । दुई जना आदिवासी जनजाति सदस्यमा रामेछापका अमृतबहादुर सुनार, धादिङका काजी श्रेष्ठ, चितवनकी गीता गुरूङ र काभ्रेका पेमा लामाको उमेदवारी परेको छ ।
दुई जना मधेसी सदस्यका लागि चितवनकी पवित्रा ढकाल (भगत), प्रवीणकुमार दत्त र सरिता महतोको उमेदवारी परेको छ । उमेदवारीमाथि दाबी विरोध र अन्तिम नामावली आज शुक्रबार प्रकाशित हुनेछ भने निर्वाचन चैत २५ गतेका लागि तय गरिएको छ ।
Discussion about this post