गंैडाकोट । गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजले चितवनका विभिन्न विद्यालय र सामाजिक संस्थाहरुलाई सोमबार दुई थान कम्युटर, एक थान प्रिन्टर र दुई थान प्रोजेक्टर वितरण गरेको छ । कलेजका प्राचार्य इन्जिनियर हरि भण्डारीका अनुसार कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत कलेजले ती सामग्रीहरु वितरण गरेको हो ।
कम्युटर प्राप्त गर्नेहरुमा दिवाकर स्मृति विद्यालय माडी, माडी मावि माडी रहेका छन् । त्यस्तै उमावडी आदर्श शेरचन मावि दिव्यनगरलाई एक थान प्रिन्टर, प्रभात उच्च मावि शुक्रनगरलाई एक थान प्रोजेक्टर र भरतपुर–११ बसेनीको चेन्जिङ नेप्लिज मिसन नामको संस्थालाई एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको छ ।
कजेलका प्राचार्य भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नवलपरासी जिल्लाका सहायक जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।
Discussion about this post