देवचुली मेयर कपः दोस्रो दिनको खेलमा केउरानी ट्राइबेकरमा विजयी

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा भएको देवचुली मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा केउरानी युवा क्लब विजयी भएको छ ।

केउरानी युवा क्लब र फारम निलोबीच भएको खेल निर्धारित समयसम्म १–१ गोलको बराबरीमा रोकिए पछि खेल ट्राइबेकरमा टुङ्गाइएको थियो ।

ट्राइबेकरमा केउरानी युवा क्लब ४–२ गोल अन्तरले विजयी भएको देवचुली नगरपालिकाको युवा तथा खेलकुद विकास समितिका अध्यक्ष भीमलाल तिवारीले बताए ।

देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगिताको मंगलबार भएको उद्घाटन खेलमा रजहर विजयी भएको थियो । आजको खेलमा केउरानी युवा क्लबका नवीन राना म्यान अफ दी म्याच भएका थिए ।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमीफाइनलमा पुग्ने टिमले २० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक, सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलिको खेल देवचुली निलो र भानु एकता युवा क्लबबीच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया