केएफसीको नयाँ रेस्टुँरा भरतपुरमा

अन‌ि यो पनि

चितवन । अन्तर्राष्ट्रिय चेन रेस्टुँरा के.एफ.सी. यही चैत १८ गतेबाट भरतपुरमा सञ्चालनमा आएको छ । सहरभित्रको सहर मानिने सिजी ल्यान्डमार्कको भुईंतल्लामा रेस्टुँरा सञ्चालनमा आएको हो ।

रेस्टुँरामा अन्तर्राष्ट्रियस्तरका विभिन्न चिकेन परिकारहरुको आनन्द लिन सकिनेछ । के.एफ.सी.को नेपालका लागि आधिकारिक प्रतिनिधि देवयानी इन्टरनेसनलले नेपाल प्रा.लि.ले उक्त रेस्टुँरा सञ्चालनमा ल्याएको हो ।

रेस्टुँराले कोभिडबाट बच्नका लागि अन्तर्राष्ट्रिय विभिन्न चार स्तरका सुरक्षा मापदण्ड कायम गरेको छ । रेस्टुँरामा बन्ने सम्पूर्ण खानाहरु अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्ने र सम्पूर्ण हिसाबले खाना गुणस्तरीय र सुरक्षित रहनेछन् ।

रेस्टुँरा १५१५ वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने र ४० जना ग्राहकलाई एक पटकमा सेवा दिन सक्नेछ । रेस्टुँराले सुरूकै दिनबाट टेक अवे र मेरो किनमेलमार्फत होम डेलिभरी सेवासमेत सञ्चालन गरेको छ । रेस्टुँरामा १५ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया