नेपाली साहित्यमा अत्यन्तै चर्चित स्रष्टा विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा बीपी कोइरालाका नामले चिनिन्छन् । समाजवादी चिन्तक र आधुनिक प्रजातान्त्रिक चेतका अग्रणी बीपीको शतवार्षिकी देशभर उनको राजनीतिक, साहित्यिक र दार्शनिक व्यक्तित्वको चर्चा गरी मनाइएको छ । नेपाली साहित्यमा विश्वेश्वरको साहित्य सिर्जना, उत्प्रेरणा, कलासाधना र दिशाबोध गरी चारवटा मौलिक पक्ष रहेको पाइन्छ । आधुनिक नेपाली कथाका प्रवर्तकमध्येका एक, नेपाली साहित्यमा मनोविश्लेषण सिद्धान्तका आदि प्रयोक्ता, पूर्वीय मूल्य एवम् चिन्तन पद्धतिका पुनव्र्याख्याता र विश्वसाहित्यको व्यापक प्रभावलाई नेपाली साहित्यमा प्रयोग गरी अकल्पनीय ढंगले यसको स्तरोन्नतिमा समर्पित स्रष्टाका रुपमा उनलाई विश्लेषण गर्न सकिन्छ । कोइरालाका कृतिमा व्यक्तिसत्ताको वकालत, जीवनको विरोधाभाÈपूर्ण यथार्थप्रति चिन्तनशील, भविष्यप्रति आशावादी विचार, आत्मिक नैतिकताको प्रतिपादन, मान्छे ठूलो होइन, असल बन्नुपर्छ भन्ने चिन्तनको अभिव्यक्ति, सार्थक जीवनको खोजी, मनुष्यप्रतिको लगाव, नारीत्वको उच्च सम्मान, प्रेम र यौनबारे नया“ दृष्टिकोणलगायत बहुआयामिक विषय पाइन्छ । युगद्रष्टा एवम् राजनेता बीपी कोइरालाको विचार आज पनि उत्तिकै कालजयी, यथार्थपरक र व्यावहारिक मानिन्छ ।
कोइरालाको शतवार्Èिकीका अवसरमा बीपी प्रतिष्ठानले प्रजातान्त्रिक समाजवादको भविष्य विषयक लामो छलफलमा विश्वका २५ देशका विज्ञहरुले पाँचवटा कार्यपत्र प्रस्तुत गरेका थिए । केही साताअघिमात्रै काठमाडौँ आएकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले प्रजातान्त्रिक आन्दोलनमा बीपीको योगदानको चर्चा गर्दै प्रजातन्त्रबिना देशको सर्वाङ्गीण विकास हुन नसक्ने विचार व्यक्त गरेकी थिइन् । सत्ता र राजनीतिले अचेट्न वा घचेट्न खोजे पनि साहित्य स्वतन्त्र विचारको पर्याय हो भन्ने उद्गार पनि बीपीकै हो । साहित्यमा सम्राट् पनि नाङ्गै हुन्छ अर्थात् सत्ता, राजनीति वा सम्राट्को तानाशाही प्रवृत्ति साहित्यलाई मञ्जुर हुँदैन, साहित्य त्योभन्दा धेरै माथिको स्वतन्त्र सत्ता हो भनेर साहित्यकार कोइरालाले राजनीतिमा आफूलाई समाजवादी र साहित्यमा अराजकतावादी घोÈणा गरेका थिए । उनको अराजकतावाद ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’को गाम्भीर्यतासँग जोडिएको छ । बीपीले राजनीति र साहित्यलाई अलग–अलग पाटोका रुपमा लिएका थिए । राजनीति एउटा निश्चित नियम वा सीमामा बा“धिने विÈय भएको हुनाले पनि राजनीतिबाट पूरा हुन नसकेका कुरालाई साहित्यमार्फत प्रकट गर्ने काम बीपीले गरेका छन् । राजनीतिमा गरिएका अपेÔाहरु उनले साहित्यमा प्रतिबिम्बित गरेका छन् । बीपीको राजनीतिक दर्शनको प्रभाव साहित्यमा पनि देख्न सकिन्छ । साहित्यमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोविज्ञानका दार्शनिक पÔहरु प्रकट भएको पाइन्छ ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री, प्रजातन्त्रका अग्रणी योद्धा बीपीको योगदानको चर्चा गर्नु हरेक जनताका लागि गर्वको विषय हो । विसं १९७१ भदौ २४ मा आमा दिव्या र बाबु कृष्णप्रसादको कोखबाट जन्मिएका बीपीले सम्पूर्ण जीवन देश र जनताको समर्पणमा बिताएका थिए । मध्ययुगीन समाजमा क्रान्तिकारी कदम, राजा–रजौटा प्रथा उन्मूलन, बिर्ता उन्मूलन, कृÈिमा आधुनिकीकरण बीपीबाटै भएको थियो । निरंकुशता र शोÈणविरूद्धको पारिवारिक परिवेशले पनि बीपीलाई देश र जनताको पÔमा संघर्Èशील बन्न प्रेरित गरेको थियो । भारत निर्वासनमा बसेर स्वतन्त्रताको आन्दोलनमा होमिएका बीपीको नेतृत्वमै नेपाली कांग्रेसले सशस्त्र विद्रोह सुरू गरेको थियो । तत्कालीन शासकले फाँसीको सजाय सुनाउँदा पनि राष्ट्र र राष्ट्रियताप्रतिको जिम्मेवारी बोधका कारण २०३३ सालमा मेलमिलापको नीति लिएर बीपी स्वदेश फर्किएका थिए । प्रजातान्त्रिक समाजवादका व्याख्याता बीपीको दर्शन यस्तो थियो– ‘किसानको एउटा सानो झुपडी होस्, एक हल गोरूसहित जोत्ने जमिन होस् ।’ तर, विडम्बना यो छ कि बीपीकै आदर्श बोकेको कांग्रेसले बीपीको आदर्श अंगीकार गर्न सकिरहेको छैन । आजको दिनमा यस्ता बहुप्रतिभाका धनी बीपीलाई पढ्ने, बुझ्ने र उनको आदर्शलाई आत्मसात् गर्न सकेमात्रै बीपीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
Discussion about this post