भरतपुर । उपभोक्ता अधिकार संरक्षण मंच चितवनले विज्ञप्ति जारी गर्दै हालै काठमाडौंको कालीमाटीमा स्थापना गरिएको विषादी मापन यन्त्र र देशको सबै जिल्लाहरुमा स्थापना गरी फलफूल तथा तरकारीमा विषादी नियन्त्रण कार्यमा प्रभावकारिता ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विषादीयुक्त फलफूल तथा तरकारी सेवनबाट आमनागरिकहरुमा पर्न गइरहेको असरप्रति संवेदनशील हुन पनि आग्रह गरिएको छ ।
Discussion about this post