रत्ननगर–१० को वडा कार्यालय भवन उद्घाटन

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१० को वडा कार्यालय भवनको सोमबार उद्घाटन गरिएको छ । अन्डरग्राउन्ड पार्किङसहितको सुविधासम्पन्न भवनको रत्ननगरका मेयर नारायण वनले उद्घाटन गरेका हुन् ।

मेयर वनले भवन उद्घाटन गरेलगत्तै वडाध्यक्ष कार्यकक्षको उपमेयर विमला दुवाडी र प्रशासनिक कक्षको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले रिबन काटेर उद्घाटन गरेका थिए ।

सो अवसरमा मेयर वनले १० नम्बर वडा कार्यालयको भवनलाई नेपालकै पहिलो अन्डरग्राउन्ड पार्किङसहितको सुविधासम्पन्न बनाइएको भन्दै नागरिकप्रतिको उत्तरदायित्व वहन गर्ने विषयमा कुनै पनि सम्झौता नगर्न आग्रह गरे । नगरवासीलाई प्रदान गरिने सेवालाई सरल र सहज बनाउँदै कृषि, शिक्षा र पर्यटनलाई आधार बनाएर नगरको विकास गरिने उनको भनाइ थियो ।

उपमेयर विमला दुवाडीले अबको १४ महिनाभित्र सबै वडाले आफ्नै भवनबाट सेवा सुरू गर्ने बताइन् । १६ वटा वडामध्ये बाँकी तीनवटा वडाले पनि छिटै आफ्नै भवनबाट सेवा सुरू गर्ने तयारी गरेको उनले बताइन् । कार्यक्रममा वडाभित्रका पूर्वजनप्रतिनिधिहरु नारायण महतोलगायतलाई सम्मान गरिएको थियो ।

जिल्ला समन्वय समिति र नगरपालिकाको संयुक्त ५० लाख र नगरपालिकाको २८ लाख गरी ७८ लाखको लगानीमा अन्डरग्राउन्ड पार्किङसहितको सुविधासम्पन्न भवन निर्माण गरिएको हो ।

वडाध्यक्ष केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा नं–७ का वडाध्यक्ष राजन भट्ट, वडा सदस्य कमलबहादुर घिमिरे, कैलाश टोल विकास संस्थाका अध्यक्ष काशीनाथ शर्मालगायतले मन्तव्य राखेका थिए । वडा सचिव पुष्पराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया