रत्ननगर बसपार्कको औपचारिक उद्घाटन

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिकाले वडा नं–२ अन्तर्गत सौराहाचोक र टाँडी बजारको बीचमा निर्माण गरेको रत्ननगर बसपार्कको सोमबार औपचारिक उद्घाटन गरिएको छ । बजार क्षेत्रमा हुने सवारीको चापलाई मध्यनजर गरी बसपार्क निर्माण गरिएको हो । रत्ननगर नगरपालिकाको एक करोड २० लाखको लगानीमा निर्माण गरिएको सो बसपार्क आज मंगलबारबाट सञ्चालनमा आउने छ ।

बसपार्कको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले टाँडी बजारको सुन्दरताका लागि आकासे पुलपछि बजारको बीच भागमा पर्ने गरी बसपार्क निर्माण गरिएको बताए । बकुलहर, सौराहाचोक र टाँडीचोकबाट चल्ने म्याजिक, पर्यटकीय बस तथा तीनपाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने गरी बसपार्क सञ्चालनमा ल्याइएकोे उनले बताए ।

नगरभित्र पूर्वाधार निर्माणको काम तीव्ररुपमा भइरहेको भन्दै उनले अब हरियाली र सुन्दर पर्यटकीय सहरका रुपमा नगरलाई विकास गर्ने अभियानमा नगरवासीको साथ चाहिएको बताए । ‘सार्वजनिक जग्गा संरक्षण गर्ने क्रममा हामीले दर्जनौँ मुद्दा खेपिरहेका छौँ’, मेयर वनले भने, ‘जग्गा नभई पूर्वाधार बन्दैनन्, साझा हितका लागि हामी अझै मुद्दा खेप्न तयार छौँ ।’

कार्यक्रममा उपमेयर विमला दुवाडीले बजार क्षेत्रमा हुन सक्ने सवारीसाधनको चापलाई मध्यनजर गरी चिटिक्कको बसपार्क सञ्चालनमा ल्याइएको बताइन् । वडा नं–७ का वडाध्यक्ष राजन भट्टले सुकुमबासी र भूमिहीनलाई लालपुर्जा वितरणसम्बन्धी ऐनले रत्ननगरको सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई कमजोर बनाएको बताए ।

पूर्वाधार निर्माण समितिका संयोजक हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम कार्यपालिका सदस्य राजेन्द्र हमालले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, टोल विकास संस्था तथा आमा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया