लायन्स क्लब समृद्धिमा अधिकारी

अन‌ि यो पनि

रत्ननगर । लायन्स क्लब अफ रत्ननगर समृद्धिको अध्यक्षमा दीक्षा अधिकारी भूषाल चयन भएकी छन् । क्लबको ४औँ वार्षिक साधारण सभा तथा अधिवेशनले सन् २०२१÷२२ का लागि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा बिन्दु घिमिरे, द्वितीय उपाध्यक्षमा लक्ष्मी कर्माचार्य, तृतीय उपाध्यक्षमा अञ्जना पुडासैनी, सचिवमा प्रमिला पोखरेल र कोषाध्यक्षमा चन्द्रनारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

आफ्नो कार्यकालमा संस्थाले लिएको लक्ष्य र उद्देश्यअनुसार काम गर्ने र समाजमा लायन्स क्लब अफ रत्ननगर समृद्धिलाई स्थापित गराउने काममा अग्रसर रहने नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाइन् ।

लायन्स क्लब सदैव सामाजिक क्षेत्रमा क्रियाशील रहने संस्था हो । लायन्स क्लब अफ रत्ननगर समृद्धिले पनि शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

परनिर्भरताको दलदल !

अन्य समाचार

प्रतिकृया