दक्षिण–कुनो
पक्ष तथा विपक्षमा विभिन्न बहस, छलफल र तर्क–वितर्क गर्दै नवौँ महाधिवेशनबाट एमालेमा नयाँ नेतृत्वको टुंगो लागिसकेको छ । नवौँ महाधिवेशनले एमाले अध्यक्षमा केपी शर्मा ओलीको नेतृत्वमा नयाँ समिति पाएको छ । महाधिवेशनको सुरूवाती दिनदेखि नै सर्वसाधारणले नेता केपीले जित्ने अनुमान गरेका थिए । सबैको अनुमानलाई सही सावित गर्दै एमाले नेता केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भए । महाधिवेशनअगाडि गहिरिँदै गएको खाडल पुर्नु र आप्mनो सोचाइलाई फराकिलो पार्दै लैजानु उनका लागि अबका प्रमुख चुनौती हुनेछन् । हार र जितको परिणामभन्दा पनि हार र जितको गुणस्तरलाई ध्यान दिँदै सम्पूर्ण पक्षलाई समेटेर अगाडि बढ्न पाएको सुझावका रुपमा परिणामलाई लिन सक्नुपर्दछ ।
राष्ट्रिय राजनीतिमा धेरै मह¤वपूर्ण भूमिका राख्ने एमालेको नेतृत्व चयनपछिको अबको समयमा उसले संविधानसभामा खेल्ने भूमिकाप्रति सबैको स्वाभाविक चासो बढिरहेको छ । दोस्रो संविधानसभाको चुनावबाट आप्mनो आकारलाई अलि बढी पैmलाएको एमालेले संविधान निर्माणको सवालमा आफूलाई कुन स्तरमा राख्ने छ, त्यो भने हेर्न बाँकी नै छ । अधिवेशनको समय चलिरहँदा केपीको स्वास्थ्य अवस्थालाई लिएर उनलाई यातना दिने काम पनि भएको थियो । पार्टी र संविधानसभाको काममा सक्रिय भूमिकाका लागि केपी ओलीको स्वास्थ्य बाधक हुने हुँदा उनको क्षमताले नभ्याउने भन्दै उनीप्रति सामान्य मानवीय भावना पनि नराख्ने पार्टीका नेता तथा कार्यकर्ताको होच्याइलाई पनि अब उनले बिर्सन आवश्यक छ । दोस्रो संविधानसभाबाट संविधान जारी हुने कुरा अति संवेदनशील छ । तर, अझैसम्म पनि यस कुराको निश्चितता भने देखिँदैन, यद्यपि यस कुराको अर्को विकल्प छैन । अन्तरपार्टीबीचको अविश्वास झन् गहिरो बन्दै गइरहेको छ । आप्mना–आप्mना नीति र सिद्धान्त बोकेर रहेका विभिन्न पार्टीका नेतालाई समन्वय गराई संविधान निर्माणको कार्यलाई सम्पन्न गरी संविधान जारी गराउनु एमाले अध्यक्षको पहिलो तथा आवश्यक कार्य हुनु जरूरी छ ।
नेपाली नेताहरुको चरित्र कम संवेदनशील कार्यमा बढी ध्यान र अति संवेदनशील कार्यमा कम ध्यान दिने खालको परिपाटीको अन्त्य गर्दै संविधान जारी गर्ने कुराको सुनिश्चितता गर्न एमाले अध्यक्ष लाग्नुपर्ने देखिन्छ । पार्टी अध्यक्षका रुपमा व्यवस्थित र अभ्यस्त हुन केही समय अवश्य पनि लाग्नेछ, तर त्यसपछिको समयमा एउटा पार्टीको नेता कम र समग्र देशको नेता बढी हुने आँट गर्न सक्नुपर्दछ । नेपालमा अहिले कुनै पार्टीको भन्दा पनि समग्र देशको नेता बन्न सक्ने व्यक्तिको खाँचो छ । अब केपी ओलीका सामु राष्ट्रलाई समुन्नत बनाउने कुरा चुनौतीका रुपमा अगाडि रहेको छ । उनी पनि पूर्ववत् पार्टी प्रमुखहरु झैँ सरकार बनाउने र गिराउने वा पार्टीलाई हुने नाफा–घाटाको हिसाबकिताबको मनोविज्ञानबाट प्रेरित भए भने त्यो स्वयं उनी, उनको पार्टी र राष्ट्र सबैका लागि गलत सावित हुनेछ ।
निर्वाचनमा पराजित र विजय हुने कुरा स्वाभाविक प्रकृया हो । निर्वाचन परिणामलाई लिएर कोही खुशी हुनु वा कोही दुःखी हुनु क्षणिक आवेगमात्र हो । महाधिवेशनपश्चात् अब फरक धार वा समूहका साथीहरुबीचमा पनि निकट सम्बन्ध राख्न आवश्यक देखिन्छ । अबको एमाले पृथक् पहिचानसहितको राजनीतिक शक्ति बन्नुपर्ने अवस्था छ । आजका दिनसम्म एमालेलाई लाग्ने गरेको ढुलमुले दलको आरोपबाट अब एमालेले आपूmलाई छुटकारा दिलाउन आवश्यक छ । यसका लागि पार्टीभित्र लामो छलफल, बहस र तीव्र इच्छाशक्तिको आवश्यक छ । अबको एमालेलाई कुन मुद्दाले कुन बाटोमा डो¥याउने भन्ने नयाँ मुद्दाको खोजी गर्नुपर्ने समय यो होइन, हो त केवल आप्mनै मुद्दामा पार्टीलाई कसरी अगाडि बढाउने र त्यसमै कसरी टिकिराख्ने भन्नेमात्र हो ।
अब केपी ओलीले विगतमा एमालेलाई लाग्ने गरेको ढुलमुले चरित्रको आरोपलाई कम गराई पार्टीको साखलाई उच्च बनाउन आवश्यक छ । यतिखेर केपी ओलीका सामु दुई चरित्रका चुनौतीहरु खडा भएका छन् । पहिलो, पार्टीमा सबैलाई मिलाएर लैजाने तथा पार्टीलाई नेपालको पहिलो नम्बरको पार्टी बनाउने तथा दोस्रो, देशलाई लोकतान्त्रिक संविधान दिएर विकास र शान्तितर्फ अगाडि बढाउने । यी दुई चुनौतीमध्ये दोस्रो चुनौती उनका लागि सहज र चीर लाभको हुनेछ । एमाले महाधिवेशनपछि देशले नयाँ सन्देश खोजिरहेको छ । निश्चय नै देशले हरेक पार्टीका हरेक महाधिवेशनपछि नयाँ सन्देश खोज्न थालेको धेरै नै समय भैसकेको छ । तर, नेतृत्वले आप्mनो स्वार्थ शिरमा र पार्टी तथा देशको स्वार्थ पाउमा राख्नाले देशले खोजेको नवीन सन्देश प्राप्त हुन नसकेको हो । एमालेको आवरणमा देखिएको जबज पार्टीको आत्मासम्म पुग्न आवश्यक छ । अरु पार्टीले एमाले खोज्ने र एमालेले अरु पार्टी खोज्ने परिपाटीको विकास गराउन सकेमा देशले निकास पाउने कुरामा विश्वस्त हुने अवस्थाको सिर्जना हुनेथियो ।
यो देशमा सपना हुने नेताहरुसँग समय भएन र समय हुने नेताहरुसँग सपना भएन । अहिलेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देश र पार्टी दुवैलाई डो¥याउने सपना त छ, तर उनीसँग कठिन समयमात्र बाँकी छ । उनको स्वास्थ्य स्थितिलाई लिएर गरिएका अड्कलबाजीहरु सत्य हुन् भने उनी सपना भएर पनि समय नपाउने नेतामा दरिने छन् । र, उनले समय पाए भने समय तथा सपना दुवै भएका थोरै नेतामध्येमा पर्ने छन् । अनि बीपी, सुवर्णशमशेर, गणेशमान, मदन भण्डारी, मनमोहन तथा गिरिजाप्रसाद कोइरालाको जस्तै छवि बनाउने मौका पाउने छन् । नेपालका अधिकांश नेताहरु समय हुने र सपना नहुनेमा पर्दछन् । हाम्रो रोटी र राजनीतिको भरपर्दो स्रोत मानिने दक्षिण छिमेकीले सिमानामा गर्ने ज्यादती र सीमा अतिक्रमणबारेमा मुख खोल्नुपर्ने समय ढिला भैसकेको छ । नेता बलियो नभएसम्म यो विषयमा कुनै शब्द उच्चारण हुनै सक्दैन । अहिलेका एमाले अध्यक्ष केपी शर्मा ओलीबाट यस विषयमा अरुबाटभन्दा अलि बढी आश गर्न सकिन्छ ।
प्रस्ट विचार, राजनीतिक चातुर्यता र खारिएको राजनीतिक अनुभवका कारण पनि अहिलेका एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक ध्रुवीकरणको एउटा शक्तिकेन्द्र बन्ने प्रबल सम्भावना देखिन्छ । र, राष्ट्रिय राजनीति उनको अघि–पछि घुम्ने अवस्थाको पनि नजिकबाट अनुमान गर्न सकिन्छ । पार्टी राजनीतिमा भन्दा पनि केपी ओली समग्र राष्ट्रिय राजनीतिमा सफल बन्न सहज हुने अनुमान लगाउन सकिन्छ । केपी ओलीको यो जितलाई संयोग मान्न सकिँदैन, बरू यो जित त उनको निरन्तरको राजनीतिक प्रस्टताको उपज हो । प्राथमिकताको आधारमा चरणबद्ध रुपमा अब संविधानसँगसँगै राष्ट्रियता र विकासलाई पनि सँगै जोडेर अगाडि बढ्न आवश्यक छ ।
कमजोर राष्ट्रियताको विषयमा एउटा आँटिलो नेतृत्वको अभाव महसुुुस भैरहेको यो समयमा त्यो शून्यता तोड्ने दायराभित्र एमालेलाई ल्याउन सक्नुपर्दछ । यो आजको पहिलो आवश्यकता हो र केपी ओलीलाई राजनीतिक मौका पनि हो । अहिलेको नेतृत्व राजनीतिक कार्यकर्ता संरक्षणमा मात्र होइन, राष्ट्रियता संरक्षणमा पनि उन्मुख हुन आवश्यक छ । राजनीतिलाई अब केही हदसम्म नैतिकतासँग जोडेर हेर्न पनि आवश्यक देखिन्छ । नेपालका अधिकांश नीति–नियम र संस्कारहरु अन्य मुलुकबाट आयातीत छन् । नेपालका धेरै नमुना कुराहरु बाहिरबाटै सिकिएका र भित्र्याइएका छन् । तर दुर्भाग्य, नेताहरुको चरित्र कहिल्यै पनि विदेशी नेताहरुको जीवनबाट प्रभावित हुन सकेन । असल चरित्रको सिको गर्न नेपालका धेरै नेताहरुलाई आवश्यक छ । एमालेको नयाँ नेतृत्व यी धेरै कुरामा अग्रणी बन्न सफल होस्, शुभकामना छ ।
Discussion about this post