ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम , जिविसको सबै खोलानालाको ठेक्का रद्द

by चितवन पोष्ट
२०७१ श्रावण ५, सोमबार ०४:०१ गते
in अर्थ, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । चुरे क्षेत्रको विकासका लागि नेपाल सरकारले ल्याएको नयाँ नियमले चितवनलाई पनि प्रभाव पारेको छ । चुरे क्षेत्रअन्तर्गत चितवन जिल्लाका अधिकांश भाग समेटिएपछि यस क्षेत्रका खोलानालामा लगाइएको ठेक्का स्वतः रद्द भएको छ ।
चितवनको स्थानीय प्रशासनले खोलानालाबाट ढुंगा गिटी बालुवा उठाउन रोक लगाइसकेको छ । चुरे संरक्षण कार्यक्रमअन्तर्गत असार, साउन र भदौमा आन्तरिक निकासी रोकिएको छ ।
चितवन जिविसको मुख्य आन्तरिक आम्दानीको स्रोत मानिएको खोलानालाका ढुंगा, गिटी निकाल्न रोक लागेपछि जिविसको आम्दानी झण्डै रु.एक करोड गुम्ने भएको छ । यस चालु वर्षका लागि केही खोलाको ठेक्का सम्झौता भएको थियो भने केही हुने तयारीमा थियो ।
जिल्ला विकास चितवनका कर्मचारी स्रोतकाअनुसार खगेरी, जुगेडी र पम्फाखोलाको सम्झौता भइसकेको थियो । ‘३४ प्रतिशत धरौटीका साथै आवश्यक बैंक ग्यारेन्टी पनि सम्बन्धित ठेकेदारले तय गरिसकेका थिए’, ती कर्मचारीले भने, ‘अन्तमा सबै ठेक्का रद्द हुनुपग्यो ।’
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत भरतपुर नगरपालिका वार्ड नम्बर १, रत्ननगर नगरपालिकाको पूरै क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज परेका छन् । चितवनमा दुई नगरपालिका थप गर्नुअघि गरिएको वर्गीकरणअनुसार ३५ गाविस चुरे संरक्षण क्षेत्रभित्र परेका छन् । यसरी हेर्दा जिल्लाको सबै क्षेत्र चुरे संरक्षणभित्र परेको छ ।
कुल रु.एक लाख ८८ हजार ८५८ हेक्टर क्षेत्रलाई चुरे क्षेत्र भनिएको छ । बछौली, दिव्यनगर, गीतानगर, गुञ्जनगर, जगतपुर, लोथर, खैरनी, कुमरोज, मंगलपुर, मेघौली, पदमपुर, पार्वतीपुर, पटिहानी, शारदानगर, शुक्रनगर र शिवनगर गाविसका सबै वडा चुरे क्षेत्र घोषणा भएका छन् ।
यस आर्थिक वर्षका लागि सबैभन्दा बढी कयरखोलामा रु.४० लाख ५ हजार बराबरको ठेक्का आह्वान गरिएको थियो । आन्तरिक आय स्रोत कमजोर रहेको यस जिल्लामा खोलाको ठेक्का पनि रोकिएपछि थप संकट परेको छ ।
खगेरीखोलामा रु.१७ लाख, थाङबुङमा रु.एक लाख ५३ हजार, लदरीखोला रु.६ लाख ५० हजार, जुगेडी खोला रु.२० लाख र पम्फाखोला रु. १० लाखमा ठेक्का गएको थियो । सम्बन्धित खोलामा ठेक्का रोकिएपछि स्थानीय प्रशासनले खोलाबाट ढुंगा गिटी निकासीमा स्थानीय प्रशासनले रोक लगाएको छ ।
इलाका प्रहरी कार्यालय भण्डाराले गत शुक्रबारमात्र सातवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । अवैध ओसारपसारको आरोपमा पक्राउ गरिएका ती ट्याक्टरलाई प्रतिट्याक्टर रु.तीन हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ ।
तराईको वातावरणीय सन्तुलन कायम गर्न नेपाल सरकारले आव २०६७÷०६८ बाट लागू हुने गरी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरेको थियो । त्यस्तै केही दिनअघिमात्रै सरकारले यस कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सारेको छ । यो कार्यक्रम चितवनसहित तराई क्षेत्रका २६ जिल्लामा लागू भएको छ । नारायणी अञ्चलमा चितवनसहित मकवानपुर, रौतहट, बारा र पर्साका क्षेत्र पनि परेका छन् । चितवनको तुलनामा यी जिल्लाहरुका कम क्षेत्र रहेका छन् ।

Related Posts

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

बढ्दो बलात्कारका घटना

दुवै मिर्गौला फेल भएपछि सहयोगको अपिल

बढ्दो बलात्कारका घटना

पृथ्वी रागमार्गमा फस्टाउँदै माछाको व्यापार

Discussion about this post

अन‌ि यो पनि

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने
समाज

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसविरूद्धको खोप ‘कोभिसिल्ड’ आइपुगेको छ । बागमती प्रदेशका करिब ६३ हजार जनालाई पहिलो...

Read more
बढ्दो बलात्कारका घटना

दुवै मिर्गौला फेल भएपछि सहयोगको अपिल

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने

बढ्दो बलात्कारका घटना

पृथ्वी रागमार्गमा फस्टाउँदै माछाको व्यापार

Chitwan Post

जालसाजी आरोपमा वडा अध्यक्षविरूद्ध मुद्दा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In