ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया आउन पाउने

by केशव भट्टराई
२०७७ चैत्र १५, आईतवार १२:४९ गते
in विश्व
0
दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी
1
SHARES
Share on FacebookShare on Twitter

सउल । दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन ९एमटियु०का अध्यक्ष उदय राईले जानकारी दिए ।

यसअघिको कानूनमा कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गरेकाहरु मात्र दोस्रो कार्यकालका लागि प्रतिबद्ध कामदारका रूपमा कोरिया आउन पाउँथे । नयाँ नियमानुसार कम्पनी सरे पनि केही निश्चित शर्त पूरा गरी कोरिया पुनः आउन पाउने भएका हुन् ।

कोरिया पुनः प्रवेशका लागि उस्तै प्रकृति भएका अथवा एकै किसिमका काम भएको कम्पनी परिवर्तन गरेका विदेशी कामदार, भाषामा दक्ष र आफूले स्वदेश फर्किनुअघिको कम्पनीमा एक वर्ष निरन्तर काम गरेको हुनुपर्नेलगायतका शर्त राखिएका छन् । तर यो कानून बुधबार संसद्बाट पारित भए पनि छ महिनापछि मात्र लागू हुने बताइएको छ ।

त्यस्तै सरुवा रोग फैलिएर वा प्राकृतिक प्रकोपका कारण कार्यावधि समाप्त भएर पनि स्वदेश फिर्ता जान नसक्ने र प्रवासी श्रमिक कोरिया प्रवेश गर्न नसकेको अवस्थामा कार्यकाल सकिएर पनि एक वर्षसम्म प्रवेशाज्ञा थप गर्न सकिने कानून बनेको छ भने प्रतिबद्ध कामदार स्वदेश फिर्ता भएपछि तीन महिनापछि मात्र आउन पाउने कानून संशोधन भई अब एक महिना पूरा गर्नासाथै आउने पाउनेछन् ।

यसैगरी पहिलोपटक प्रवासी श्रमिक राख्न अनुमति पाएका कम्पनी मालिकले पनि मजदुर कानून र मानवअधिकारसम्बन्धी शिक्षा लिनुपर्ने कानून बनाइएको छ । दक्षिण कोरियामा प्रवासी मजदुर युनियन (एमटियु), अन्तर्राष्ट्रिय श्रमिक युनियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारसम्बद्ध सङ्घसंस्थालगायतले कम्पनी परिवर्तन गरेका सबै विदेशीलाई प्रतिबद्ध कामदारका रूपमा पुनः कोरिया आउन पाउनुपर्नेलगायत मजदुरका अधिकारका पक्षमा विभिन्न माग राख्दै आइरहेका थिए । रासस

Related Posts

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा एकै दिन एक लाख ४५ हजार सङ्क्रमित

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In